BHAKTAPUR TIMES -Bhaktapur’s Leading News Portal
चाँगुनारायण नगरपालिका समाचार समाज

डोपरका प्रमुखसहित प्रतिनीधिद्वारा खानेपानीको अवस्था अवलोकन

भक्तपुर । चाँगुनारायण नगरपालिकामा सञ्चालित सर्वोच परियोजनाको डोपरका प्रमुख तथा प्रतिनीधिहरुले स्थलगत अनुगमन गरेका छन् ।

चाँगुनारायण नगरपालिकामा खानेपानी, सरसफाइ र स्वच्छता प्रणालीमा सुधारका लागि सञ्चालनमा रहेको सर्वोच परियोजनाको प्रगति र त्यसले पारेको प्रभावका सम्बन्धमा जानकारी लिन डोपरका सिइओ भर्जिनिया याङ्कुलेभिच, ग्लोबल पिआर एण्ड कम्युनिकेशन म्यानेजर प्याट्रिसिया डौमा र इम्प्याक्ट म्यानेर क्रिशी भान हैज्नीजेन सिमावीका प्रतिनीधि, एन्फोका प्रतिनीधि, विरुवाका प्रतिनीधिहरुले चाँगुनारायण नगरपालिका वडा नं. ७ को स्वास्थ्य चौकी र वडा नं. ८ को वडा कार्यालय र पातलेवन खानेपानी आयोजना स्थल पुगेका थिए ।

नेदरल्याण्डस्थित डोपरको आर्थिक सहयोगमा नगरपालिकामा सञ्चालित सुरक्षित पानी र उत्थानशील नगरपालिका(सर्वोच परियोजना)ले पारेको प्रभाव अध्ययनका लागि आएका टोलीलाई नगर प्रमुख जीवन खत्री, प्रमुख प्रशासकीय अधिकृत शिवप्रसाद हुमेगाइँ, , विभिन्न वडाका वडा अध्यक्ष,वास शाखा प्रमुख सुरेन्द्र लामिछानेलगायतले स्वागत गरेका थिए । टोलीले नगरपालिकाले निकट समयमै सञ्चालनमा ल्याउन लागेको खानेपानी गुणस्तर परीक्षण प्रयोगशालाको अवलोकन गरेका थिए ।

टोलीमा सहभागीहरुले चाँगुनारायण नगरपालिका वडा नं. ७ बागेश्वरीको हेल्थपोष्ट र चाँगुनारायण नगरपालिका वडा नंं ८ को कार्यालयमा स्थापना गरिएको सिधै खान मिल्ने धाराको समेत सुरुवात गरेका थिए । उनीहरुले चाँगुनारायण नगरपालिका वडा नं. ८ सुडालको पातलेवन खानेपानी उपभोक्ता समितिले नगरपालिका, एन्फोलगायतका साझेदार संस्थाको आर्थिक तथा प्राविधिक सहयोगमा सुधार भएको खानेपानीको अवस्थाबारे स्थलगत अध्ययन गरेका थिए ।

सो परियोजना सुरु हुनुभन्दा अघि खुला रुपमा आएको मूलको पानी संकलन गरी उपभोग गरिरहेका उपभोक्ताहरुले परियोजनासँगै पाएको आर्थिक र प्राविधिक सहयोगले खानेपानी सुरक्षित भएको बताए । उपभोक्ता समितिका उपाध्यक्ष राजु साखकर्मीले सो खानेपानीले हाल ६ सय घरधुरीका करिब ३४ सय जनसंख्या लाभान्वित भइरहेको जानकारी दिए । उनले हाल खानेपानी क्रमशः व्यवस्थित बन्दै गइरहेको समेत बताए ।

स्थानीय उपभोक्ताहरुले खानेपानीलाई सुरक्षित बनाउनका लागि गरेको प्रयास सराहनीय रहेको स्थलगत अध्ययनमा पुगेकी डोपरकी सिइओ भर्जिनियाले बताइन् । उनले आफूहरुले पानी खाने बोतल बेचेर बचेको केही रकम जम्मा गरी दिएको सहयोगको सदुपयोग भएको पाउँदा खुसी लागेको र आगामी दिनमा पनि सहयोग गर्ने जनाइन् ।

खानेपानी उपभोक्ता समितिकी लेखापाल ऋतु नाखनले खानेपानीजस्तो संवेदनशील विषयलाई गुणस्तर र स्वस्थ बनाउन सहयोग गर्ने संस्थाहरुलाई धन्यवाद दिइन् । उनले खानेपानीमा आएको सुधारले बालबालिका, ज्येष्ठ नागरिक, महिला र समुदायकै स्वास्थ्यमा समेत सुधार आएको बताइन् । सुडालको खानेपानीलाई व्यवस्थित बनाउनका लागि सहयोग गर्ने विभिन्न संघसंस्थाका प्रतिनीधिहरुलाई खानेपानी उपभोक्ता समितिका पदाधिकारीहरुले मायाको चिनो दिएर आभार व्यक्त गरेका थिए ।

नगरपालिकाका वास शाखा प्रमुख सुरेन्द्र लामिछानेले नगरपालिकामा सञ्चालन भएको परियोजनासँगै सुरक्षित खानेपानीको अवधारणा विकास भएको बताए । उनले परियोजना अन्तर्गत वडागत रुपमा स्वयम्सेवक छनोट गरेको, खानपानी तथा सरसफाइ उपभोक्ता समितिका पदाधिकारीहरुलाई सुरक्षित खानेपानी योजना सम्बन्धी तालिम दिएको, पानीको गुणस्तर परीक्षण गरिएको, समुदायमा आधारित वास प्लान निर्माण गरेको जानकारी दिए ।

नेपाल सरकारले लिएको दिगो विकास लक्ष्य ६.१ अन्तरगत ‘सबैका लागि सुरक्षित खानेपानी सुनिश्चित गर्ने’ उद्देश्य हासिल गर्नका लागि चाँगुनारायण नगरपालिकामा वातावरण र जनस्वास्थ्य संस्था(एन्फो)ले सिमावी र विरुवा एडभाइजर नामक संस्थासँगको साझेदारीमा खानेपानी स्वच्छता सम्बन्धी विभिन्न क्रियाकलाप गरिरहेको छ ।

चाँगुनारायण नगरपालिकाका नगर प्रवक्ता जनक खत्रीले खानेपानी स्वच्छता, शुद्धता र सुरक्षाका लागि सहयोग गर्ने सबै संघसंस्था र निकायलाई धन्यवाद दिए । स्थलगत अध्ययन टोलीमा एन्फोका कार्यकारी निदेशक भावना शर्मा, सिनियर म्यानेजर प्रशन्न प्रधान, विरुवा एडभाइजरका सनम चित्रकार, अनुप तामाङ, सिमावीका कर्मठ र समीर लगायतको सहभागिता थियो ।

  • हरिसुन्दर छुकां

थप ख़बर

“नेपाली जलविद्युतका पिता” पद्मसुन्दर मल्लः राज्यसत्ताद्बारा ओझेलमा पारिएका भक्तपुरे नेवार

भक्तपुर टाइम्स

नक्कली रिपोर्ट बनाइदिने नागरिक कम्युनिटी अस्पताल र कान्तिपुर अस्पतालका कर्मचारी पक्राउ

भक्तपुर टाइम्स

हामीले सोध्न सक्नुपर्छ : ‘तिमीलाई आत्महत्याको सोच आएको छ कि छैन ?’

भक्तपुर टाइम्स

This website uses cookies to improve your experience. We'll assume you're ok with this, but you can opt-out if you wish. Accept Read More

Privacy & Cookies Policy