भक्तपुर । भक्तपुरको चाँगुनारायण नगरपालिकाले विपद पीडितलाई राहत दिने भएको छ ।
नगरपालिकाले काभ्रेको तीन पालिकालाई राहत दिने भएको हाे । साे राहत सामग्री लिएर बिहीबार प्रवक्ता जनक खत्रीकाे नेतृत्वमा टाेली काभ्रेको तीन पालिकामा जाने नगरपालिकाले जनाएको छ ।
पालिकाले काभ्रेको बेथानचाेक गाउँपालिका, नमाेबुद्द नगरपालिका र राेशी गाउँपालिकालाई विभिन्न राहत सामग्री दिने जनाएको छ । चाँगुनारायण नगरपालिकाले बेथानचाेक गाउँपालिका, नमाेबुद्द नगरपालिका र राेशी गाउँपालिकालाई चामल १००/ १०० बाेरा, १००/१०० लिटर तेल, कालाे दाल १००/ १०० किलो, साबुन २००/२०० गाेटा र ५/ ५ वटा टेन्ट वितरण गर्ने नगर प्रवक्ता जनक खत्रीले जानकारी दिए ।
पालिकामा भएको बठकले एउटा नगरपालिकालाई साढे तीन लाखकाे दरले राहत सामग्री दिने र त्यसको व्यवस्थापन ता वितरणका लागि नगर प्रवक्ता खत्रीलाई जिम्मेवारी दिएकाे थियाे ।
previous post
next post
भक्तपुर टाइम्स
Bhaktapur Times Pvt. Ltd.
Bhaktapur’s Leading News Portal
Bhaktapur Times Dot Com
24/7 News From Bhaktapur
#BHAKTAPUNEWS
सञ्चार रजिस्ट्रारकाे कार्यालय, बागमती
दर्ता नंः ०००९६ /२०७८/०७९
चाँगुनारायण नगरपालिका,ताथली ,भक्तपुर
+977-9841566556
bhaktapurtimes@gmail.com
info@bhaktapurtimes.com
विज्ञापनका लागि
+977-9841566556