BHAKTAPUR TIMES -Bhaktapur’s Leading News Portal
चाँगुनारायण नगरपालिका राष्ट्रिय समाचार समाचार समाज

ज्येष्ठ नागरिकको मुहारमा चाँगुनारायणले थपिदियो खुसी !

भक्तपुर । भक्तपुरको चाँगुनारायण नगरपालिकाले नगरका ज्येष्ठ नागरिकको मुहारमा खुसीको सञ्चार गरिदिएको छ । अक्टोबर १ अर्थात् अन्तर्राष्ट्रिय ज्येष्ठ नागरिक दिवस । सोही दिवसको अवसरमा चाँगुनारायण नगरपालिकाले सबै वडाका ९० वर्ष माथिका ज्येष्ठ नागरिकहरुलाई घरमै गई फलफुल न्यानो कम्बल वितरणसँगै सम्मान र स्वास्थ्य जाँच गरेपछि उनीहरुको मुहारमा बेग्लै खुसीको सञ्चार भएको हो ।

‘सम्मानित बुढ्यौलीः विश्वव्यापी रुपमा स्याहार तथा सहयोग पद्धतीको सवलीकरण’ भन्ने नाराका साथ मनाइएको ३४औं अन्तर्राष्ट्रिय ज्येष्ठ नागरिक दिवसको अवसरमा वडा नंं. २ वडा कार्यालयले ज्येष्ठ नागरिकहरुको स्वास्थ्यलाई ध्यानमा राखी वृहत् स्वास्थ्य शिविर आयोजना गरेको थियो । त्यसबाट अझ ज्येष्ठ नागरिकहरु लाभान्वित भएको वडा अध्यक्ष सोम प्रधानले बताए ।

सो शिविरमा उपस्थित ९० वर्ष भन्दा माथिका ज्येष्ठ नागरिकलाई नगर प्रमुख जीवन खत्रीले दोसल्ला ओढाई सम्मानका साथै न्यानो कपडा, फलफुल र पोषिलो खानेकुरा वितरण गरेका थिए । उनले नगरपालिकाले ज्येष्ठ नागरिकहरुले स्वास्थ्य, सुरक्षित, सक्रिय तथा मर्यादित रुपमा जीवनयापन गर्न सघाउ पुर्याउन नगरपालिकामा स्वस्थ्य बुढ्यौली कार्यक्रम सञ्चालन गरिरहेको जानकारी दिए । सो कार्यक्रम नेपाल रेडक्रस सोसाइटीसँगको साझेदारीमा स्वीस रेडक्रसको आर्थिक सहयोगमा सञ्चालनमा रहेको छ ।
उनले असोज १० गतेदेखि १२ गते सम्मको अविरल वर्षाको कारण प्रभावित ज्येष्ठ नागरिकहरुको लागि सहारा परियोजना अन्तर्गत सहयोगको लागि नेपाल रेडक्रस सोसाइटी तथा स्वीस रेडक्रससंग सहकार्य गरिने जानकारी दिए ।

नेपाल रेडक्रस सोसाइटी भक्तपुरका सभापति परशुराम पाण्डेले स्थानीय तहसँग सहकार्य गर्दै समुदायको संकटासन्नता कम गर्ने तथा सामुदायिक विकासमा सदैव अग्रसर नेपाल रेडक्रस सोसाइटी मानवीय सेवा कार्यमा सदैव जनताको साथमा रहेको बताए ।
चाँगुनरायण नगरपालिका वडा नं २ का अध्यक्ष सोम प्रसाद प्रधान, ज्येष्ठ नागरिक मिलन चौतारीका अध्यक्ष लक्ष्मीभक्त सुवाल लगायत जिल्ला जनस्वास्थ्य कार्यालय, नेपाल मेडिकल कलेज, तिलगंगा आखाँ अस्पतालका प्रतिनिधिहरुले ज्येष्ठ नागरिकको स्वास्थ्यको महत्वका बारेमा विचार राखेका थिए ।

स्वास्थ्य शिविरबाट १९७ जना ज्येष्ठ नागरिकहरु लाभान्वित भएका थिए । स्वास्थ्य शिविरमा साधारण स्वास्थ्य परीक्षण, इसिजी सेवा, आँखा शिविर तथा प्रयोगशाला परीक्षणको सुविधा प्रदान गरिएको वडा अध्यक्ष प्रधानले बताए । सो दिवसका अवसरमा चाँगुनारायण नगरपालिकाका ९ वटै वडाहरुमा ९० बर्ष भन्दा माथिका ८७ जना ज्येष्ठ नागरिकहरुका लागि दोसल्ला ओढाई सम्मान गरिएको थियो । घरघरै जनप्रतिनीधिहरु पुगेर सम्मानसहित विभिन्न पोषिलो कुरा पाउँदा ज्येष्ठ नागरिकका साथै परिवारजन खुसी भएका थिए ।

थप ख़बर

ताथली स्वास्थ्य चौकीमा ल्याब सुरु: कम शुल्कमा ३२ प्रकारका रोगको परीक्षण गरिने

भक्तपुर टाइम्स

टहरा हटाउन तात्यो भक्तपुर नगरपालिका : सुरु तौमढीबाट हुने

भक्तपुर टाइम्स

चाँगुनारायणका दंगाल सचिवमा बढुवा

भक्तपुर टाइम्स

This website uses cookies to improve your experience. We'll assume you're ok with this, but you can opt-out if you wish. Accept Read More

Privacy & Cookies Policy