काठमाण्डाै । नेपाल प्रज्ञा प्रतिष्ठान, नेपाल बालसाहित्य समाज र रूम टु रिडकाे संयुक्त आयाेजनामा नेपाल प्रज्ञा प्रतिष्ठान, काठमाण्डाैमा २ दिनसम्म पहिलाेपटक सञ्चालन भएकाे अन्तर्राष्ट्रिय बालसाहित्य सम्मेलन ” बालहित, बालसिर्जना र बालबालिकाकाे शैक्षिक, साहित्यिक र सिर्जनात्मक विकासकाे पक्षमा उभिने, बालसाहित्यकाे विकासकाे लागि स्थानीय, क्षेत्रीय तथा वैश्विकस्तरमा व्यक्तिगत वा संस्थागत समन्वय गरी सहकार्य गर्ने कार्यलाई निरन्तरता दिने, एक-अर्काका देशमा वा विश्वमा कतै पनि प्रकाशित आफ्ना तथा अन्य सर्जकका अब्बल सिर्जनालाई एक-अर्कामा पुर्याउने कार्यमा अग्रसर रहने, एक-अर्काका देशमा रहेका शैक्षिक प्रतिष्ठानका पाठ्यक्रम तथा शाेधकार्यमा एक-अर्काकाे बालसाहित्य पनि समाविष्ट हाेस् भन्ने हेतुले विशेष पहल गर्ने, बालसाहित्यका सर्जकहरूकाे जायज र कानूनसम्मत हक हित र अधिकारकाे हननका कुनै पनि घटना घट्न आएमा सर्जकसँग एकबद्ध भई उभिने र त्यस्ता निन्दनीय घटनाकाे अन्तर्राष्ट्रियस्तरमै विराेध गर्ने, आ-आफ्ना देशका बालबालिकाका हक, हित र अधिकार हनन हुन पुगेकाे थाहा हुन आएमा एकबद्ध भै त्यस्ता घटनाकाे विरूद्धमा उभिने” लगायतका १२ बुँदे घाेषणापत्र जारी गर्दै सम्पन्न भएकाे छ ।
उक्त सम्मेलनकाे पहिलाे दिनकाे उद्घाटन सत्र नेपाल प्रज्ञा प्रतिष्ठानका उपकुलपति एवम् सम्मेलन आयाेजक समितिक संयाेजक विमलकृष्ण श्रेष्ठकाे सभाध्यक्षता एवम् नेपाल प्रज्ञा प्रतिष्ठानका कुलपति भूपाल राईकाे प्रमुख आतिथ्यतामा सम्पन्न भएकाे थियाे । सम्मेलनमा सहभागी प्रमुख अतिथि, अतिथिगण, देश विदेशका सहभागीहरू सबैलाई आयाेजक संस्थाहरूकाे तर्फबाट नेपाल बालसाहित्य समाजका अध्यक्ष प्रमाेद प्रधानले स्वागत गर्दै कार्यक्रमकाे उद्देश्यमाथि प्रकाश पारे । सम्मेलनकाे सफलताकाे कामना गर्दै अतिथिहरू प्रा.रामकुमार पाण्डे, रूम टु रिडका कन्ट्री डाइरेक्टर पुषकर लाल श्रेेष्ठ, कामपाका प्रमुख कार्यकारी अधिकृत प्रदिप परियार, जापान, डेनमार्क, भारत, चीन, बंगलादेश, श्रीलङ्का, मलेशिया, नेदरल्याण्ड, दक्षिण काेरिया र भुटानका प्रतिनिधि अतिथिहरूलगायतले शुभकामना मन्तव्य व्यक्त गरेका थिए ।
सम्मेलनकाे पहिलाे दिनमा देश विदेशका सहभागीहरूमध्ये बंगलादेश, जापान, भारत, चीन, नेपाल, दक्षिण काेरियाका गरी ८ जना प्रतिनिधिहरूले ८ वटा कार्यपत्र प्रस्तुत गरेका थिए । साेही दिनकाे दाेस्राे भाग अन्तर्गत बालसाहित्य, किशाेर साहित्य, पठन संस्कृति सम्बन्धीकाे प्रस्तुतिकरण र छलफलमा नेपाल, भारत, बंगलादेश र चीनका गरी ८ जना प्रतिनिधिहरूले गहन छलफल र वस्तुस्थिति, समस्या, समाधानका उपायहरू, चुनाैती विषयमा एक अर्कामा अनुभव साटासाट गर्ने कार्य भएकाे थियाे ।
सम्मेलनकाे दाेस्राे दिनकाे पहिलाे भाग अन्तर्गत राष्ट्रिय तथा अन्तर्राष्ट्रय बालसाहित्यका विविध पक्षहरू, संस्कृति, पर्यावरण, ऐतिहासिक तथा राजनैतिक परिवेश, वंशानुगत आदि विषयहरू, बालसाहित्यसँग सम्बन्धित अन्य निकायहरूकाे भूमिका, महत्व, ऐक्यबद्धता आदि विषयमा श्रीलङ्का, भारत, नेपाल, चीन, डेनमार्क, मलेशियाका गरी १४ जना सहभागीहरूले सक्रिय सहभागिता जनाई आ-आफ्नाे प्रस्तुतिकरण गरेका थिए ।
कार्यक्रमकाे दाेस्राे भागमा बालसाहित्य र डिजिटल प्रविधि, बालसाहित्य र अनुबाद जस्ता विषयमा २ छुट्टाछुट्टै समुहमा नेपाल, बंगलादेश, भुटान, भारत, श्रीलङ्का र नेदरल्याण्डका गरी ८ जना सहभागी प्रतिनिधिहरूले सक्रिय सहभागिता जनाई समुहगत छलफल गर्ने कार्य रहेकाे थियाे , जसकाे माेडरेटरमा प्रतिभा पाण्डे र माेनिका लाेहनी रहेका थिए । यी सबै प्रस्तुति र छलफलमा अन्य सहभागीहरूले पनि जिज्ञासा राखेका थिए ।
कार्यक्रमकाे समापन समाराेहमा आयाेजक समितिकाे तर्फबाट सबैलाई नेपाल प्रज्ञा प्रतिष्ठानका सदस्य सचिव डा. धन प्रसाद सुवेदीले कृतज्ञता ज्ञापन गरेका थिए । साेही समाराेहमा प्रमुख अतिथि, अतिथिहरू, विदेशी सहभागी प्रतिनिधिहरूलाई मायाकाे चिनाे र सम्पूर्ण सहभागीहरूलाई प्रशंशापत्र वितरण गरिएकाे थियाे ।
उक्त सम्मेलनलाई भव्य रूपमा सफल पार्न काठमाण्डाै महानगरपालिका, अन्तर्राष्ट्रिय नेपाली साहित्य समाज, पहिलाे पाईला, SVA, द एशिया फाउण्डेशन, कथालयजस्ता संस्थाहरूले सहआयाेजककाे भूमिका खेलेका थिए भने सहयाेगी संस्थाहरू रिड नेपाल, नेशनल ट्रष्ट फर नेचर, परिचय प्रकाशन, भूँडिपुराण प्रकाशन, BSP, काेपिला किताव, बुक आर्ट नेपाललगायत संस्थाकाे सहयाेग र समर्थन रहेकाे थियाे ।
उक्त भव्य सम्मेलनमा नेबासासका १३० जना आजीवन सदस्यहरूलगायत आयाेजक संस्था, सहआयाेजक संस्था र सहयाेगी संस्थाहरूका तर्फबाट व्यापक सहभागिता रहेकाे थियाे भने भारतबाट ८ जना, बंगलादेशबाट ५ जना, श्रीलङणकाबाट ५ जना, चीनबाट ७ जना, दक्षिण काेरियाबाट १ जना, जापान, डेनमार्क, नेदरल्याण्ड र मलेशिया गरी कूल ३१ जना विदेशी साहित्यकारहरूकाे सहभागिता रहेकाे थियाे ।
– राजुराम मुनंकर्मी
भक्तपुर टाइम्स
Bhaktapur Times Pvt. Ltd.
Bhaktapur’s Leading News Portal
Bhaktapur Times Dot Com
24/7 News From Bhaktapur
#BHAKTAPUNEWS
सञ्चार रजिस्ट्रारकाे कार्यालय, बागमती
दर्ता नंः ०००९६ /२०७८/०७९
चाँगुनारायण नगरपालिका,ताथली ,भक्तपुर
+977-9841566556
bhaktapurtimes@gmail.com
info@bhaktapurtimes.com
विज्ञापनका लागि
+977-9841566556