भक्तपुर । भक्तपुर ताथलीकाे प्रगति युवा समाजकाे पुनः गठन भएकाे छ । चाँगुनारायण नगरपालिका वडा नं. ९ ताथलीमा सक्रिय हुँदै विभिन्न सामाजिक, सांस्कृतिक र खेलकुदका कार्य गर्दै आइरहेको समाजकाे साेमबार पुन: गठन भएकाे हाे ।
वि. सं. २०६८ सालदेखि सक्रिय रहेकाे साे समाजले साेमबार गरेकाे भेलाले पुन: गठन गरिएको समाजले जनाएको छ । समाजले वि. सं २०७४ सालदेखि नेपाल संवतकाे अवसरमा हरेक वर्ष ताथलीमा भिन्तुना र्याली गर्दै आइरहेको छ ।
पुन: गठित समाजमा ९ सदस्यीय कार्यसमिति रहेकाे छ । समाजकाे अध्यक्षमा हरिसुन्दर छुकां, उपाध्यक्षमा उत्तम साखकर्मी, सचिवमा रवीन्द्र न्हेम्हाफुकी र कोषाध्यक्षमा जयकृष्ण न्हेम्हाफुकी सर्वसम्मत चुनिएका छन् ।
यस्तै सदस्यहरूमा रमेश न्हेम्हाफुकी, हरिसुन्दर गोसाई, जीवन त्वायना, अनिल थुयाजु, राजु बोहजू सर्वसम्मत चयन भएका छन् ।
समाजका निवर्तमान अध्यक्ष रविन बासुकलालाई सल्लाहकारमा चयन गरिएको छ । सल्लाहकारमा चयन भएका बासुकला चाँगुनारायण नगरपालिका वडा नं. ९ का वडा सदस्य समेत हुन् ।
समाजले ताथलीमा विभिन्न सामाजिक क्रियाकलाप गर्ने याेजनालाई पारित गरेकाे छ ।