भक्तपुर । भक्तपुर चाँगुनारायणका निरज थापा ठगिएका छन् । उनलाई प्रलोभनमा पारि ठगिएको खुलेकाे छ । उनलाई अमेरिकन डलर देखाई नेपाली नगद साट्दा फाइदा हुने भनी प्रलोभनमा पारि नेपाली नगद चालिस लाख ठगेको प्रहरीले जनाएको छ ।
गत भदौ २८ गते उनीबाट नगद लिई ठगेको आराेपमा प्रहरीले सिन्धुपाल्चोक बाह्रबिसे न.पा. वडा न २ घर भई हाल जिल्ला भक्तपुर कटुन्जे बस्ने बर्ष २९ को भिम बहादुर तामाङ समेतका केही व्यक्तिहरुलाई आइतबार नियन्त्रणमा लिएको छ ।
ठगी गरी फरार रहेका घटनाको अनुसन्धानको सिलसिलामा उनीहरूलाई नियन्त्रणमा लिएको प्रहरीको भनाइ छ ।
काठमाण्डौ उपत्यका अपराध अनुसन्धान शाखा कार्यालय र भक्तपुरको संयुक्त प्रहरी टोलीले उनीहरूलाई जडिबुटीबाट पक्राउ गरिएकाे छ । साे विषयमा थप अनुसन्धान तथा कारवाहीको लागि जिल्ला प्रहरी परिसर भक्तपुर पठाइएको छ ।
previous post
भक्तपुर टाइम्स
Bhaktapur Times Pvt. Ltd.
Bhaktapur’s Leading News Portal
Bhaktapur Times Dot Com
24/7 News From Bhaktapur
#BHAKTAPUNEWS
सञ्चार रजिस्ट्रारकाे कार्यालय, बागमती
दर्ता नंः ०००९६ /२०७८/०७९
चाँगुनारायण नगरपालिका,ताथली ,भक्तपुर
+977-9841566556
bhaktapurtimes@gmail.com
info@bhaktapurtimes.com
विज्ञापनका लागि
+977-9841566556