भक्तपुर । भक्तपुरको सूर्यविनायकस्थित एजे सेकेण्डरी स्कूलले गरेकाे विद्यालय स्तरिय प्रथम खुल्ला लोक नृत्य संग्राम २०८१ मा एमिनिटी स्कूलकी छात्रा स्मारिका प्रसाईं प्रथम भएकी छन् ।
राष्ट्रिय वाल दिवस २०८१ को अवसर पारेर मौलिक कला संस्कृतिको संरक्षण र संस्कृतिलाई नयाँ पुस्तामा पुस्तान्तरण गर्ने र लोकनृत्य तथा सांस्कृतिक भेषभुसालाई नयाँ पुस्तामाझ फरक तरिकाबाट आत्मसात गराउने उद्देश्य रहेको संग्राम गरिएको थियाे ।
संग्राममा Amenity English Secondary School , कौशलटार थिमिका छात्रा स्मारिका प्रसाई प्रथम, Blue Bird English Secondary School ललितपुरका छात्रा विजेता अधिकारी दाेस्राे र Devi Secondary School का छात्रा एलिना मगर तेस्रो र Amenity English Secondary School कै छात्रा साईना थापा चाैथाे भइन् ।
दुई चरणमा भएको सो प्रतियोगिताको प्रथम चरणमा सहभागीहरुलाई आआफ्नो खुबी देखाउन ४० सेकेण्डको मौका दिईएको र त्यसबाट छनौट भएका ३२ जना प्रतियोगीहरुलाई दोस्रो चरणमा एक अर्का विरूद्ध संग्राम गराइएको थियो । दुवै चरणमा आयोजकले उपलब्ध गराएको गीतमा प्रतियोगीहरुले पालैपालो आआफ्नो नृत्य प्रस्तुत गरेका थिए ।
विद्यालयको संचालक समितिका अध्यक्ष राम प्रसाद कुस्मा र प्रिन्सिपल कृष्ण राम दुवालले विजेताहरूलाई ट्रफी, प्रमाणपत्र, नगद पुरस्कार र गिफ्ट हाय्म्पर प्रदान गरेका थिए । विद्यालयको संचालक समितिका अध्यक्ष राम प्रसाद कुस्माले संग्राममा आयोजक विद्यालयका सहित ५८ जना छात्रछात्राहरू सहभागी भएका जानकारी दिए ।