भक्तपुर । संस्कृति शिराेमणि हरिराम जाेशी र संस्कृतिविद् एवम् साहित्यकार सूर्यप्रसाद लाकाेजू सम्मानित भएका छन् ।
काभ्रे बनेपामा जन्मी काभ्रेको शिक्षा, साहित्य र संस्कृति क्षेत्रमा उल्लेखनीय याेगदान पुर्याएका स्वर्गीय ज्ञानकाजी मानन्धर र उनका पिता माेहनलाल खिँकाे स्मृतिमा अक्षयकोष स्थापनासँगै संस्कृति शिराेमणि जाेशी र संस्कृतिविद् लाकाेजू सम्मानित भएका हुन् । सम्मानितमध्ये जाेशीलाई ज्ञानकाजी- माेहनलाल खिं इतिहास गाैरव सम्मान र साहित्यकार एवम् संस्कृतिविद् सूर्यप्रसाद लाकाेजूलाई ज्ञानकाजी- माेहनलाल खिं संस्कृति गाैरव सम्मान प्रदान गरिएको थियाे । ती दुई व्यक्तिलाई नगद रू. १५ हजार रूपैयाँसहित सम्मान गरिएको थियाे ।
ज्ञानकाजी- माेहनलाल खिँ स्मृति सेवा काेष स्थापनासँगै गरिएको सम्मान कार्यक्रममा प्रा डा. पुरूषाेत्तमलाेचन श्रेष्ठले मानिसलाई चिरकालसम्म चिनाउने उसको कर्म हुने उल्लेख गर्दै स्व. ज्ञानकाजी मानन्धर काभ्रे अध्ययनका लागि स्राेत व्यक्ति रहेकाे बताए ।
उनले इतिहास र संस्कृतिमा स्व. मानन्धरको याेगदान प्रकाशित कृतिले प्रष्ट पारेकाे जनाए । प्रा. डा. श्रेष्ठले काभ्रेका ज्ञानकाजी मानन्धर, माेहन दुवाल, सूर्यप्रसाद लाकाेजूका साथै इतिहासविद् हरेराम जाेशी राष्ट्र रत्न रहेकाे चर्चा गरे । उनलेे संस्कृति शिराेमणि जाेशी नेपालमा गणतन्त्रको विगुल फुक्ने पहिलाे प्राज्ञ भएकाे जनाए ।
स्व. मानन्धरका छाेरा प्रकाश मानन्धरले स्व. मानन्धरले शिक्षा, साहित्य, संस्कृतिकाे क्षेत्रमा पुर्याएकाे सन्दर्भ अविष्मरणीय रहेको उल्लेख गरे । उनले आफ्ना बाजे माेहनलाल खिँले कला, साहित्य, नाटक, मन्त्र आदिमा विशेष याेगदान रहेकाे स्मरण गरे । उनले स्व. मानन्धरको सम्मानस्वरूप सन्तानद्वारा रू १० लाख रूपैयाँकाे अक्षयकोष स्थापना गरि शिक्षा, साहित्य र इतिहास क्षेत्रमा अध्ययन अनुसन्धान गर्न सहयाेग गर्ने बताए ।
कार्यक्रममा वरिष्ठ साहित्यकार माेहन दुवालले राष्ट्रले सम्मान गर्नुपर्ने व्यक्तिलाई परिवारले नै सम्मानस्वरूप काेष स्थापना गरेकाे बताए । उनले साे काेष स्थापनाले राज्यलाई नै मार्गनिर्देशन गरेकाे स्मरण गरे । उनले स्व. मानन्धरलाई ज्ञानकाजी सरकाे रूपमा चिनेकाे, समाजसेवीका रूपमा, शिक्षासेवीकाे रूपमा, संस्कृतिविद्काे रूपमा परिचित गरेकाे जनाए । उनले सम्मानित व्यक्तिकाे याेगदानबारे चर्चा गरेका थिए ।
सम्मानित संस्कृति शिराेमणि हरेराम जाेशीले स्व. ज्ञानकाजी मानन्धरले पुर्याएकाे याेगदानसँगै उनकाे आनीबानी र संगतबारे स्मरण गरे भने सम्मानित संस्कृतिविद् लाकाेजूले सांस्कृतिक निबन्धहरू लेखनकाे प्रेरक व्यक्ति स्व. मानन्धर रहेकाे बताए ।
कार्यक्रममा ईमेज च्यानलका सञ्चालक रघुवर मानन्धरले स्व. संस्कृतिविद् मानन्धरकाे याेगदानकाे स्मरण गरे । उनले स्व. मानन्धर काभ्रेको नक्षत्र रहेकाे चर्चा गरे । बनेपा नगरपालिका वडा नं. ८ कि वडा अध्यक्ष शुभलक्ष्मी मानन्धरले स्व. मानन्धरको याेगदान र राजनीतिक परिवर्तनका लागि पुर्याएकाे याेगदानकाे चर्चा गरिन् ।
स्व. मानन्धरको निधन वि. सं. २०८० भदाै ८ गते देहावसान भएको थियाे । उनकाे वार्षिकीकाे अवसरमा परिवारका तर्फबाट स्मृति काेष स्थापना गरेकाे स्व. मानन्धरका छाेरा भुवनकाजी मानन्धरले बताए ।
previous post
भक्तपुर टाइम्स
Bhaktapur Times Pvt. Ltd.
Bhaktapur’s Leading News Portal
Bhaktapur Times Dot Com
24/7 News From Bhaktapur
#BHAKTAPUNEWS
सञ्चार रजिस्ट्रारकाे कार्यालय, बागमती
दर्ता नंः ०००९६ /२०७८/०७९
चाँगुनारायण नगरपालिका,ताथली ,भक्तपुर
+977-9841566556
bhaktapurtimes@gmail.com
info@bhaktapurtimes.com
विज्ञापनका लागि
+977-9841566556