BHAKTAPUR TIMES -Bhaktapur’s Leading News Portal
राष्ट्रिय समाचार शिक्षा समाचार

साढे ३ लाखमा बीएस्सी सीएसआईटी पढ्न पाइने

काभ्रे । नेपालमै पहिलोपटक सामुदायिक कलेजमा बीएस्सी सीएसआईटी सञ्चालन सुरू गरेकाे बनेपा कलेज अफ म्यानेजमेन्ट एण्ड टक्नाेलाेजीमा साढे ३ लाखमा बीएस्सी सीएसआईटी पढ्न पाइने भएको छ ।
काभ्रेको बनेपा नगरपालिका वडा नं ६ बुडाेलस्थित काभ्रे बहुमुखी क्याम्पसमा साे शुल्कमा उक्त विषय अध्ययन गर्न पाउने भएकाे हाे ।
बनेपा नगरपालिकाकाे सहयाेगमा सञ्चालन आउने उक्त क्यापसले राजर्षि जनक विश्वविद्यालयबाट सम्बन्धन प्राप्त गरेकाे छ । `सर्वसाधारणका छोराछोरीहरुले सर्वसुलभ ढङ्गबाट प्राविधिक रोजगारमुलक विश्व बजारमा विक्ने शिक्षा प्रदान गर्न बीएस्सी सिएसआईटी कार्यक्रम सञ्चालन गर्न राजर्षि जनक विश्वविद्यालय जनकपुरबाट सम्बन्धन प्राप्त गरेका छौँ । उपत्यकामा साह्रै महंगो शुल्कमा पढ्नु पर्ने बाध्यतालाई अन्त्य गरी स्नातक तहमा प्राविधिक विषय ३ लाख ५० हजार शुल्कमा पढाउने छौँ´, कलेजका प्राचार्य केजी बैदारले भने, ` ४०/४० सिटमा अध्ययन गर्ने अवसर छ । दुबैमा १० प्रतिशत छात्रवृत्तिको व्यवस्था छ । फुल स्कलरसिपमा गरिव, असाहय, अल्पसंख्यक, दलित जो निम्न आय भएका तर पढ्न सक्ने क्षमता भएकाहरुलाई छात्रवृत्ति प्रदान गरेर अध्यापन गराउँछौँ ।´
कलेजका प्राचार्य बैदारले काभ्रे बहुमुखी क्याम्पसकाे भाैतिक र जनशक्तिको उपयोग गर्ने गरि साे कलेज सञ्चालन हुने जनाए ।

थप ख़बर

डिजिटल चाँगुनारायणका लागि समझदारीः १२ जना विद्यार्थीलाई छात्रवृत्ति

भक्तपुर टाइम्स

च्याम्हासिंह चोकमा छात्रामाथि स्कुटरको ठक्कर

भक्तपुर टाइम्स

बन्द भक्तपुरका इँटा उद्योग सञ्चालनको तयारी हुँदै, नगरपालिका स्वीकृतिको विपक्षमा

भक्तपुर टाइम्स

This website uses cookies to improve your experience. We'll assume you're ok with this, but you can opt-out if you wish. Accept Read More

Privacy & Cookies Policy