भक्तपुर । नगरकाेट सडकका पीडितहरू आन्दोलनमा उत्रिएका छन् । भक्तपुरको प्रमुख पर्यटकीय केन्द्रकाे रूपमा रहेकाे नगरकाेट पुग्ने सडक वर्षाैंदेखि अलपत्र परेपछि र निर्माण भएकाे सडक खण्ड पनि दिनदिनै जीर्ण भएपछि साे सडकका सेवाग्राहीहरू आन्दोलनमा उत्रिएका हुन् ।
चाँगुनारायण नगरपालिका वडा नं. ५, ६ र ७ का नगरवासीहरूले उक्त अलपत्र सडकका कारण सास्ती ब्यहाेर्नु परेकाे भन्दै आन्दोलनमा उत्रिएका हुन् । उनीहरूले तत्काल सडक स्तराेन्नति गर्न माग गरेका छन् ।
उनीहरूले शैलुङ्ग कन्स्ट्रक्सन- मुर्दावाद, हाम्रो अभियान जारी छ, कमलविनायक गरकोट सडक खण्डलाई न्याय दे, तिमीहरूले नसके स्थानीय सरकारलाई जिम्मा दे´ जस्ता नारा लगाएर अहिले सडक कार्यालय घेराउ गर्दै आइतबार डिभिजन सडक कार्यालय कटुन्जेमा धर्ना दिएका छन् । सडक स्तराेन्नतिबा लागि ठेक्कामा लिएर दशकौंदेखि सडक निर्माण नगरेर अलपत्र रहेको कारण हामी दैनिक सडक आवातजावत गर्ने स्थानीय अनि स्वदेशी र विदेशी पर्यटकलाईलाई समेत अत्यन्त सास्ती र कष्ट दिएको भत्केपाटी-नगरकोट सडक निर्माण तत्काल थाल्न दबाबका लागि हामी आन्दोलनमा उत्रिएका हाैं, स्थानीय पीडित सन्दिपराज गिरिले बताए ।
पीडितहरू खरिपाटी चोकमा भेला भएर डिभिजन सडक कार्यालय पुगेका थिए । उनीहरूले सडक तत्काल स्तराेन्नति गर्न माग गरे ।