BHAKTAPUR TIMES -Bhaktapur’s Leading News Portal
कला/ संस्कृति राष्ट्रिय समाचार शिक्षा समाचार

भक्तपुरमा खुल्ला लोकनृत्य संग्रामकाे तयारी व्यापक

भक्तपुरमा खुल्ला लोक नृत्य संग्रामकाे तयारी व्यापक
भक्तपुर । भक्तपुरको सूर्यविनायकस्थित एजे सेकेण्डरी स्कूलले लोक नृत्य संग्राम गर्ने भएको छ । त्यसको तयारी व्यापक बनाएकाे छ । संग्राममा सहभागी हुनेहरूकाे संख्या बढ्दो छ ।
विद्यालयले राष्ट्रिय वाल दिवस२०८१ को अवसर पारेर मौलिक कला संस्कृतिको संरक्षण र संस्कृतिलाई नयाँ पुस्तामा पुस्तान्तरण गर्न साे नृत्य संग्राम गर्न लागिएको विद्यालयका प्रिन्सिपल कृष्णराम दुवालले बताए ।
उनले लोकनृत्य तथा सांस्कृतिक भेषभुसालाई नयाँ पुस्तामाझ फरक तरिकाबाट आत्मसात गराउने उद्देश्यले यही भदौ २८ गते संग्राम गर्न लागिएको उल्लेख गरे ।
संग्राममा सहभागी हुने प्रतियोगीहरुले कुनै पनि लोकभाका र गीतमा एकल लोक नृत्य प्रस्तुत गर्ने पर्ने नियम बनाइएको छ। प्रतियोगीहरुले पूर्ण रूपमा लोकभाकामा सांस्कृतिक भेषभुषामा लोकनृत्य मात्र गर्नुपर्ने छ भने आधुनिक नृत्य गर्न नपाइने गरि संग्रामकाे तयारी थालिएको छ।
संग्राममा कुनै पनि विद्यालयबाट कक्षा १०सम्म अध्ययनरत नृत्यप्रेमी छात्रछात्राहरूका लागि खुला गरिएको र यसले प्रतिभाशाली नृत्य कलाकारहरूलाई आफ्नो कलाकौशल प्रदर्शन गर्ने अवसर प्रदान गर्ने विश्वास विद्यालयले लिएको छ ।
प्रतियोगिता २ चरणमा हुनेछ । प्रथम चरणमा सहभागीहरुलाई आआफ्नो खुबी देखाउन ४० सेकेण्डको मौका दिइनेछ र त्यसबाट छनौट भएका प्रतियोगीहरुलाई मात्रै संग्रामकाे अर्को चरणमा समावेश गराइने छ । दुवै चरणमा आयोजकले उपलब्ध गराएको गीतमा प्रतियोगीहरुले पालैपालो आआफ्नो नृत्य प्रस्तुत गर्नुपर्नेछ । विजेताहरूलाई नगद पुरस्कार,प्रमाणपत्र, ट्रफी र गिफ्ट हाय्म्परको व्यवस्था गरिएको छ । प्रतियोगितामा भागदलिन इच्छुक छात्रछात्राहरूले विद्यालयको आफ्नो परिचयपत्र र विद्यालयको आधिकारीक चिठी सहित प्रति व्यक्ति रू ५०० दर्ता शुल्क बुझाई संग्राममा भाग लिन सक्नेछन् ।

थप ख़बर

विनायकमा सातौं एसक्यूसी हब सम्मेलन सम्पन्न

भक्तपुर टाइम्स

चाइनिज बीउले डुबे भक्तपुरका किसान

भक्तपुर टाइम्स

अमरज्योति मन्टेश्वरी (ज्ञानकुञ्ज) को १० औं वार्षिक अभिभावक दिवस

भक्तपुर टाइम्स

This website uses cookies to improve your experience. We'll assume you're ok with this, but you can opt-out if you wish. Accept Read More

Privacy & Cookies Policy