भक्तपुर । भक्तपुरको सिद्धि स्मृति बाल अस्पतालमा तनाव भएकाे छ । भक्तपुर नगरपालिकावडा न ७ भिमसेनथानस्थित साे अस्पतालमा उपचारका लागि लगेकी शिशुकाे मृत्यु भएपछि तनावकाे स्थिति सिर्जना बनेको हाे ।
अस्पतालमा काभ्रेकाे चाैरिदेउराली ७ घर भई हाल जिल्ला भक्तपुर चाँगुनारायण नगरपालिका वडा न ४ बस्ने विष्णु भुजेल र सर्मिला भुजेलका ९(नाै) महिनाको छाेरीकाे उपचारका क्रममा निधन भएको पारिवारिक स्राेतले जनाएको छ ।
स्राेतका अनुसार शनिबारदेखि वाकवाकी र पखाला कारणले नाै महिने छाेरी सान्भी भुजेललाई उपचारका लागि साे अस्पताल लगिएको थियाे । अस्पतालले शिशुलाई भर्ना गरि उपचार गरेकाे भए पनि शिशुको मृत्यु भएपछि अस्पताल परिसर तनावग्रस्त बनेकाे छ ।
मृतक शिशुका आफन्तले अस्पतालको लापरबाहीका कारण शिशुको मृत्यु भएको जनाएको छ । मृतक शिशुका आफ्न्तजनहरुले अस्पतालको प्रशासन शाखामा घेराउ गरेका छन् । साे विषयमा प्रहरी र अस्पतालले अनुसन्धान गरिरहेको छ ।
previous post
भक्तपुर टाइम्स
Bhaktapur Times Pvt. Ltd.
Bhaktapur’s Leading News Portal
Bhaktapur Times Dot Com
24/7 News From Bhaktapur
#BHAKTAPUNEWS
सञ्चार रजिस्ट्रारकाे कार्यालय, बागमती
दर्ता नंः ०००९६ /२०७८/०७९
चाँगुनारायण नगरपालिका,ताथली ,भक्तपुर
+977-9841566556
bhaktapurtimes@gmail.com
info@bhaktapurtimes.com
विज्ञापनका लागि
+977-9841566556