काठमाडाैं । भक्तपुर विकास सहयाेग सङ्घले हालै सम्पन्न गरेकाे सङ्घकाे ३३ अाैं स्थापना दिवस र ३० औं साधारण सभाकाे साथै खाेपृङ २६ औं अङ्क र खाेपृङ डायरी प्रकाशन-८१ बारे काठमाण्डाै बुद्धनगरमा समीक्षा गर्दै खाेपृङ नवदुर्गा संकल्प भाेजन-२०८१ र खाेपृङ नि:शुल्क स्वास्थ्य शिविर-२०८१ बारे छलफल भएको छ ।सङ्घका सल्लाहकार एवम् पूर्व अध्यक्ष कृष्णलाल प्रधानले कार्यक्रमकाे सभाध्यक्षकाे आसनबाट कुनै पनि कार्यक्रम सम्पन्न भएपछि लगत्तै त्यसकाे समीक्षा गर्नु सकारात्मक हुनुका साथै संस्थाकाे कार्यलाई थप अगाडि बढाउन उर्जा मिल्ने बताए । उनलेे सङ्घकाे मुखपत्र खाेपृङले भक्तपुरकाे कला, संस्कृति, सम्पदा, रहनसहन, चाडपर्वलगायतकाे विषयलाई विश्वसामु परिचित बनाउन मद्दत पुर्याएकाेबारे चर्चा गरे ।
साेही बैठकमा सङ्घका अध्यक्ष राजुमृगेन्द्र जाेशीले समीक्षा बैठकमा औंल्याईएका कमी कमजाेरीलाई आफूहरूले ग्रहण गर्ने बताउँदै सङ्घकाे भावी कार्यक्रम अन्तर्गत “नवदुर्गा संकल्प भाेजन (द्य ब्वयकेगु) -२०८१ र खाेपृङ नि:शुल्क स्वास्थ्य परीक्षण अन्तर्गत याे वर्ष मध्यपुर थिमीमा सञ्चालन गरिने याेजनाबारे सबिस्तार वर्णन गरे ।
कार्यक्रममा उपस्थित सङ्घका पूर्व अध्यक्ष, निवर्तमान अध्यक्ष, वर्तमान पदाधिकारी तथा कार्यसमिति सदस्य, वरिष्ठ सल्लाहकार, सल्लाहकार, आजीवन सदस्यहरू तथा अन्य महानुभावहरूलाई महासचिव प्रा.डा. माला मल्लले स्वागत र सचिव राम सैंजुले कृज्ञता ज्ञापन गरेमा थिए ।
इ. सुदिप हाडाले सञ्चालन गरेकाे साे कार्यक्रममा प्रथम उपाध्यक्ष धर्मभक्त बल्लले ३० ० औं साधारण सभाकाे आयव्ययसहितकाे विवरण र कार्यक्रमबारे समीक्षात्मक टिप्पणी गरेका थिए । त्यसैगरी दाेस्राे उपाध्यक्ष गजेन्द्र बहादुर भुजुले खाेपृङ २६ अङ्काे आयव्ययसहितकाे विवरण र कार्यक्रमबारे समिक्षात्मक टिप्पणी गरे भने काेषाध्यक्ष एवम् स्थापना दिवस संयाेजक विदुरचरण रायले ३३ औं स्थापना दिवस र खाेपृङ डायरी -२०८१ का संयाेजक मन्जित मल्लले उक्त प्रकाशनबारे भएकाे आयव्ययसहितकाे विवरण र सम्पूर्ण कार्यक्रमहरूबारे समिक्षात्मक टिप्पणी गरेका थिए ।
त्यसैगरी खाेपृङ-२६ अङ्कका कार्यकारी सम्पादक राजुराम मुनंकर्मीले प्रस्तुत ४ वटै विषयहरूबारे लिखित समिक्षात्मक टिप्पणी , अन्य उपस्थित महानुभावहरू मध्ये अमृत कायष्थ, डा.गाेपाल धाैवन्जार, किरण राज सुवेदी, राजन श्रेष्ठ, ईश्वर पलिखेल, डा. अञ्जलि मल्ल, दिनेश राज मास्के , भुवनेश कुमार प्रधान र इ. सुदिप हाडालगायतले धारणासहित समिक्षात्मक टिप्पणी गरेका थिए ।
previous post
भक्तपुर टाइम्स
Bhaktapur Times Pvt. Ltd.
Bhaktapur’s Leading News Portal
Bhaktapur Times Dot Com
24/7 News From Bhaktapur
#BHAKTAPUNEWS
सञ्चार रजिस्ट्रारकाे कार्यालय, बागमती
दर्ता नंः ०००९६ /२०७८/०७९
चाँगुनारायण नगरपालिका,ताथली ,भक्तपुर
+977-9841566556
bhaktapurtimes@gmail.com
info@bhaktapurtimes.com
विज्ञापनका लागि
+977-9841566556