BHAKTAPUR TIMES -Bhaktapur’s Leading News Portal
राजनीति राष्ट्रिय समाचार समाचार

एमाले, माओवादी, एस काँग्रेसले खेलाउने मुसा : सुवाल

भक्तपुर । नेपाल क्रान्तिकारी महिला संघ चाँगुनारायण नगरपालिकाकाे आयाेजनामा तीज विशेष कार्यक्रम तथा वृहत् महिला भेला भएकाे छ ।
कार्यक्रममा नेमकिपाका सचिव एवम् संघीय संसद प्रेम सुवालले संस्कृति राम्रो कामका लागि भएकाे बताए । उनले नेपालका कम्युनिस्ट पार्टीहरूले जनताको हितका लागि काम नगरेकाे बताए । उनले एमाले, माओवादी, नेकपा एस जस्ता कम्युनिस्ट पार्टीहरू काँग्रेसकै पिछलग्गु भएकाे बताउँदै भने, `एमाले, माओवादी, नेकपा एस नेपाली काँग्रेसले खेलाउने मुसाजस्तै भएका छन् । ´
कार्यक्रममा उनले समाजलाई राम्रो बनाउनका लागि महिला शिक्षामा जाेड दिइन् । उनले बुहारीलाई पनि छाेरीकाे जस्तै व्यवहार गर्नुपर्नेमा जाेड दिए । सांसद सुवालले बढ्दाे आधुनिकतासँगै विभिन्न विकृति र विसंगति देखिएकाेमा सचेत हुन आग्रह गरे ।
शासक दलहरूले ख्वप विश्वविद्यालय सञ्चालनका लागि स्वीकृति नदिँदा कामदार जनताका सन्तान शिक्षा र स्वास्थ्यमा पछि रहेको उल्लेख गर्दै शासक दलहरूले गरेका विभिन्न भ्रष्टाचार काण्डविरूद्व गीतसंगीतमार्फत सचेतना फैलाउनुपर्नेमा जाेड दिए । उनले सिंहदरबारमा गएका शासक दलहरू नै बेइमानी र भ्रष्टाचारी भएकाले जनताको दु: ख नघटेकाे बताए ।
भेलामा वागमती प्रदेश सभा सदस्य सृजना सैंजूले कला, संस्कृतिलाई समृद्ध बनाउने काममा महिलाहरूले गरिरहेको उल्लेख गर्दै तीजलाई प्रगतिशील तवरले मनाउनुपर्ने र संस्कृतिमा विकृति भित्र्याउन नहुने बताइन् । उनले चाडपर्वलाई रचनात्मक तवरले मनाउनका लागि आग्रह गरिन् ।
वागमती प्रदेश सांसद गीता काफ्लेले नेमकिपाले देश र जनताकाे हितमा काम गरिरहेको चर्चा गर्दै संस्कृतिलाई समेत रचनात्मक तवरले उपयाेग गर्दै आइरहेकाे बताइन् । उनले पछिल्लाे समयमा तीजमा विभिन्न जातजातिकाे अन्तरघुलन हुनु सकारात्मक भएको बताइन् ।
कार्यक्रममा नेमकिपाका न्हुच्छेभक्त फाेँजू, चाँगुनारायण नगरपालिका वडा नं. ९ का वडा अध्यक्ष गणेश त्यात, महिला सदस्य कमला गिरि र सानुमाया लागेजूलगनयतले तीजकाे रचनात्मक उपयोगिताबारे चर्चा गरेका थिए ।

थप ख़बर

सूर्यविनायकमा नेकपा ( एस) ले नेपाली काँग्रेसलाई सघाउने

भक्तपुर टाइम्स

श्री गणेश स्कूलको ४३ औं वार्षिकोत्सव : सांसद सुवालले गरे मेयर खत्रीको ध्यानाकर्षण

भक्तपुर टाइम्स

‘सूर्यविनायक नगर अस्पताललाई देशकै नमूना अस्पताल बनाउँछु’

भक्तपुर टाइम्स

This website uses cookies to improve your experience. We'll assume you're ok with this, but you can opt-out if you wish. Accept Read More

Privacy & Cookies Policy