भक्तपुर । भक्तपुरको छालिङस्थित साइनिङ ईंग्लिश स्कुलले घिन्ताङघिसी नाच प्रदर्शन गरेकाे छ । चाँगुनारायण नगरपालिका वडा नं. ५ छालिङकाे पकुनेपाटीस्थित उक्त स्कूलले छालिङका विभिन्न ठाउँमा घिन्ताङघिसी नाच प्रदर्शन गरेकाे हाे । धार्मिक महत्त्वकाे गाईजात्रा पर्वकाे अवसरमा प्रदर्शनी गरिँदै आएको घिन्ताङघिसी नाचलाई प्रवर्द्धन गर्न र परम्परागत रूपमा रहेकाे नाचलाई नयाँ पुस्तामा प्रसार गर्न नाच प्रदर्शन गरिएको विद्यालयकाे सञ्चालक समिति अध्यक्ष विक्रम धुकुछुले जानकारी दिए । उनले भने, `साइनिङ्ग इङगलिस सकेण्डरी ले विगतका वर्षहरूमा झै यस वर्ष पनि स्कूलले पूर्खाले सिर्जेको कला र संस्कृतिलाई जर्गेना गर्ने हेतुले साइनिङ स्कूलले विद्यार्थी भाइबहिनीहरुलाई घिन्ताङघिसी विशेष कार्यकम आयोजना गरेकाे छ ।´
जनचेतनामूलक सन्देशसहितकाे प्लेकार्डका साथ प्रदर्शन गरिएको साे नाचले छालिङकाे पकुनेपाटी , पिखेल, त्याटल टाेल, फाेजु टोल, महाकाली हुँदै विद्यालय प्राङ्गनमा विर्सजन गरिएकाे थियाे ।
previous post
भक्तपुर टाइम्स
Bhaktapur Times Pvt. Ltd.
Bhaktapur’s Leading News Portal
Bhaktapur Times Dot Com
24/7 News From Bhaktapur
#BHAKTAPUNEWS
सञ्चार रजिस्ट्रारकाे कार्यालय, बागमती
दर्ता नंः ०००९६ /२०७८/०७९
चाँगुनारायण नगरपालिका,ताथली ,भक्तपुर
+977-9841566556
bhaktapurtimes@gmail.com
info@bhaktapurtimes.com
विज्ञापनका लागि
+977-9841566556