BHAKTAPUR TIMES -Bhaktapur’s Leading News Portal
राष्ट्रिय समाचार समाज साहित्य

टंक चौलागाइको पाँचौं’ उपन्यास `रूदाने´ विमाेचन

भक्तपुर । रंगमञ्चका कुशल निर्देशक तथा लेखक टंक चौलागाइको पाँचौं’ उपन्यास `रूदाने´ बजारमा आएकाे छ ।
आज एक कार्यक्रमबीच बत्तिसपुतलीस्थित शिल्पी थियटरमा साे उपन्यासको विमाेचन गरिएको हाे । थाहा आन्दोलनका प्रणेता रुपचन्द्र विष्टको जीवनीमा आधारित साे उपन्यासको विमोचन कार्यक्रमका अतिथिहरूले रूपचन्द्र विष्टकाे थाहा आन्दोलन र अभियानबारे चर्चा गरेका थिए ।
कार्यक्रममा लेखक तथा विश्लेषक श्याम श्रेष्ठले उपन्यासकाे बारेमा चर्चा गरणदै उक्त उपन्यास छिटो बिक्ने भन्दा पनि लामो समयसमा खोजिने किताव हुने बताए । उनले उपन्यासले रूपचन्द्र विष्टको ६ वटा विविध छविबारे उपन्यासले उजागर गरेको समेत चर्चा गरे ।
विमाेचनमा लेखक चाैलागाईंले आफ्नाले बिर्सेका तर शत्रुले चिनेका रूपचन्द्र विष्टको विद्रोही जीवनी नयाँ पुस्ताका लागि प्रेरणादायी हुने र जीवनसँग जाेड्न सिकाउने पुस्तक रहेकाे चर्चा गरे ।

थप ख़बर

नेवार समुदायमा प्रचलित माटाका भाँडाकुँडाहरू

भक्तपुर टाइम्स

शिक्षकले पाउँदै आएको बिदा कटौती गर्नुपर्छ : गिरी

भक्तपुर टाइम्स

भक्तपुर जिससमा नेमकिपा, एमाले र काँग्रेसको उम्मेदवारी, नेमकिपा निर्णायक हुँदा कसको पोल्टामा पर्ला जिम्मेवारी ?

भक्तपुर टाइम्स

This website uses cookies to improve your experience. We'll assume you're ok with this, but you can opt-out if you wish. Accept Read More

Privacy & Cookies Policy