BHAKTAPUR TIMES -Bhaktapur’s Leading News Portal
राष्ट्रिय समाचार शिक्षा

इसानद्वारा विद्यार्थी, शिक्षक र कर्मचारी सम्मान

भक्तपुर । संस्थागत विद्यालय सङ्घ नेपाल( इसान)ले विद्यार्थी, शिक्षक तथा कर्मचारी सम्मान कार्यक्रम गरेको छ । इसान भक्तपुरको आयोजनामा एसईई २०८० मा विद्यालयगत उत्कृष्ट विद्यार्थी, १५ वर्षभन्दा बढी निरन्तर सेवारत विद्यालय व्यवस्थापन समिति अध्यक्ष तथा शिक्षक एवम् कर्मचारी सम्मान गरेको हो ।

उनीहरूलाई नेपाल मजदुर किसान पार्टीका अध्यक्ष नारायणमान बिजुक्छेंले सम्मान गरेका थिए । सम्मानअघि उनले शिक्षा, शिक्षक, राजनीतिक दल, विद्यार्थीको भूमिकाबारे चर्चा गरेका थिए ।

वागमती प्रदेश सभा सदस्य सुरेन्द्रराज गोसाईँले निजी शिक्षा र शिक्षकप्रति सरकार उदासीन रहेको बताउँदै सरकारको मात्र मुख ताकेर बस्नु अनुकूल नहुने जनाए ।

कार्यक्रममा इसानका केन्द्रीय अध्यक्ष प्रेमजन थापा श्रेष्ठले शिक्षा सुधारका लागि एक पक्षको मात्र नभई शिक्षासँग सम्बन्धित सबै पक्षको योगदान रहने उल्लेख गर्दै ती पक्षलाई उत्साहित गर्नका लागि सम्मान गरिएको बताए ।

इसानका सल्लाहकार सरोजराज गोसाईँले शिक्षकलाई उत्साहित गर्नका लागि विभिन्न तालिम, गोष्ठीका साथ पुस्तक अध्ययन र अनुसन्धान अनिवार्य भएकोमा जोड दिए । इसानका केन्द्रीय उपाध्यक्ष उकेश कवांले शिक्षाको अवस्था डामाडोल हुनुमा शिक्षकको मात्र नभई शिक्षा मन्त्रालयको नीति गलत रहेको उल्लेख गरे । कार्यक्रममा इसान भक्तपुरका अध्यक्ष कृष्णराम त्वायनाबासुले कार्यक्रममा २२ विद्यार्थी, शिक्षक र कर्मचारी गरि कूल ५८ जनालाई सम्मान गरिएको जानकारी दिए ।

थप ख़बर

मध्यपुरको विनायक स्कुलका विद्यार्थीले भोट खसालेर छाने आफ्नो प्रेसिडेन्ट

भक्तपुर टाइम्स

आजदेखि देशभर विद्यार्थी भर्ना अभियान सुरु

भक्तपुर टाइम्स

वागीश्वरीमा अन्तर्राष्ट्रिय पत्रकारितासम्बन्धी गोष्ठी : विद्यार्थीले गरे कार्यपत्र प्रस्तुत

भक्तपुर टाइम्स

This website uses cookies to improve your experience. We'll assume you're ok with this, but you can opt-out if you wish. Accept Read More

Privacy & Cookies Policy