BHAKTAPUR TIMES -Bhaktapur’s Leading News Portal
राष्ट्रिय समाचार समाचार समाज

नगरकाेटमा सञ्चालित शुक्रबारे हाट बजारकाे प्रथम वार्षिकोत्सब : किसान र हाेटल व्यवसायी सम्मानित

भक्तपुर । पर्यटकीय नगरी नगरकाेटमा एक वर्षअघिदेखि सुरू भएको शुक्रबारे हाट बजारले पहिलो वर्ष पार गरेकाे छ ।


नगरकाेटकाे पर्यटनका साथै व्यवसायलाई प्रवर्द्धन गर्न नगरकाेटकाे मञ्जुश्री पार्कमा स्थानीय सरकार र व्यवसायीहरूकाे अगुवाइमा सुरू भएको उक्त बजारले सफलताका साथ एक वर्ष पार गरेकाे हाे । नगरकाेटमा हाट बजार सञ्चालनका लागि आस्क नेपालले सहयाेग गरेकाे थियाे । नगरकाेटका सबै निकाय, पक्षसँग समन्वय र सहकार्य गरि थालनी गरिएको उक्त बजारले ३६५ दिन पार गरेकाे अवसरमा किसानका साथै हाेटल व्यवसायीहरू सम्मानित भएका छन् । कार्यक्रममा उत्कृष्ट कृषक , उत्कृष्ट बिक्रेता र खरिदकर्ताहरु लाई प्रोत्साहन स्वरुप सम्मान गरिएकाे आयाेजकले जनाएको छ ।


उनीहरूलाई मण्डनदेउपुर नगरपालिकाका नगरप्रमुख टाेकबहादुर वाईबा, उपप्रमुख विष्णुमणि नेपाल, चाँगुनारायण नगरपालिका वडा नं. ६ का वडा अध्यक्ष धनबहादुर लामा र आस्क नेपालका प्रतिनिधिले कदरपत्रका साथ सम्मान गरेका थिए ।

वार्षिकोत्सबमा मण्डनदेउपुर नगरपालिकाका नगर प्रमुख वाइबाले किसानी पेशालाई अपमानित हुनुपर्ने अवस्थामा त्यसलाई न्यूनीकरण गर्नका लागि गरेकाे पहलले सार्थक रूप लिएकामा खुसी व्यक्त गरे ।
`किसान ठगिएका छन्, बिचाैलियाकाे मारमा परेका छन्, त्याे समस्या समाधान गर्न हाट बजारले सहयोग गरेकाे छ । बिक्रेताले काठमाडौंकै मूल्यमा नगरकाेटमै तरकारी पाएका छन्´, उनले भने, ` याे कामले किसानको सम्मान भएकाे छ ।´उनले किसानले उत्पादन गरेकाे तरकारी भण्डार गर्न नगरपालिकाले शीत भण्डार निर्माण गरेकाे जानकारी दिए । नगरप्रमुख नगरकाेट भ्रमण वर्ष २०८२ लाई सफल बनाउनका लागि आफू प्रतिवद्द रहेकाे जनाए ।
कार्यक्रममा मण्डनदेउपुर नगरपालिकाका उपप्रमुख विष्णुमणि नेपालले तरकारी र अन्न उत्पादन गर्ने किसानले उचित मूल्य पाउन नसकेकाे र उपभोक्ताले महङ्गोमा किन्नुपर्ने बाध्यता हटेकाे बताए । उत्पादन वृद्धिका लागि किसानलाई आर्थिक रूपमा आत्मनिर्भर गर्न जरुरी रहेको उल्लेख गर्दै उनले हाट बजारकाे प्रशंसा समेत गरे । उपप्रमुख नेपालले नगरपालिकाले चिस्यान केन्द्र सञ्चालनमार्फत पनि किसानका लागि काम गर्ने याेजना सुनाए ।
कार्यक्रममा चाँगुनारायण नगरपालिका वडा नं. ६ का वडा अध्यक्ष धनबहादुर लामाले किसानलाई उत्प्रेरित गर्नका लागि हाट बजार सञ्चालन गरिएकाे बताए । उनले साे बजारलाई निरन्तरता दिने उल्लेख गर्दै घाेषित नगरकाेट भ्रमण वर्ष २०८२ लाई समेत टेवा पुग्ने बताए ।
मण्डन देउपुर पिसिएफ समितिका प्रेमप्रसाद तिमल्सिनाले आस्क नेपालले किसानकाे जीवनस्तर उकास्न सहयाेग गरेकाे बताए । उनले नगरकाेटमा हाट बजार सुरू भएपछि किसानकाे बजारकाे समस्या हल भएको बताए । उनले तरकारी किनेर खाने किसान समेत अहिले तरकारी उत्पादन गरि हाट बजारमा ल्याइ बिक्री गरेपछि तरकारी तथा अर्थमा आत्मनिर्भरता बढेको बताए । वार्षिक रूपमा चलेको हाट बजारले किसानले ७५ लाख रूपैयाँ कमाएको उनको भनाइ छ ।
आस्क नेपाल काभ्रेका शाखा प्रमुख बद्री माकले किसान, व्यवसायीकाे कार्यक्रम भएकाे जनाए । उनले सबैकाे साथले हाट बजारले निरन्तरता दिएकाे जनाए । उनले हाट बजारलाई थप व्यवस्थित गर्दै लग्ने र व्यावसायिक खेतीलाई प्राथमिकता दिने याेजना रहेकाे जानकारी दिए ।
मण्डनदेउपुर नगरपालिका , चाँगुनारायण नगरपालिका वडा नं. ६ र आपसी सहयोग केन्द्र ( आस्क नेपाल) काे संयुक्त आयाेजना तथा पहलमा नगरकाेटकाे मञ्जुश्री पार्कमा गत वर्ष २०८० साउन १९ गतेबाट साे हाट बजार सुरू गरिएको थियाे । त्यसलाई मण्डनदेउपुर पिसिएस प्रमाणिकरण कृषक समूहले सहयोग गरेकाे थियाे । हाट बजार साप्ताहिक रूपमा ३ घण्टा चल्ने गरेकाे छ ।
कार्यक्रममा हाटबजारमा निरन्तर रूपमा तरकारी बेच्ने किसान, हाेटल व्यवसायी, उत्कृष्ट किसानलगायतलाई सम्मान गरिएको थियाे । प्राङ्गारिक खेती गरि उत्कृष्ट भएका किसानका साथै उत्पादनमा आधारित अनुदान पाएका किसानलाई सम्मान गरिएको थियाे ।
कार्यक्रममा हाट बजारमा निरन्तर रूपमा तरकारी खरिद गरि बजार प्रवर्द्धनमा सहयोग गरेका हाेटल चाैतारी, हाेटल ग्रिन भ्याली, हाेटल हिमालयन ग्लासियर, हाेटल भ्यू प्वाइन्ट, जिम्बु थकाली भान्सा घर, भिलेज भ्यू नगरकाेट, माउन्ट एभरेष्ट , हाेटल मेरिगाेल्ड, द फाेर्ट रिसाेर्ट, हाेटल सनसाइन र क्लब हिमालयनलाई सम्मान गरिएको थियोे ।
आस्क नेपालका अध्यक्ष रूकुमदत्त शर्मा पाैडेल र आस्क नेपालका कार्यक्रम प्रमुख प्रल्हाद तिमल्सिनाले हाट बजारले ग्रामीण सशक्तीकरणमा टेवा पुगेकाे बताए ।

थप ख़बर

गुण्डूको जंगलमा महिलाको शव फेला : पन्ध्र दिनअघि हराएकी नगरकोटी भएको पुष्टि

भक्तपुर टाइम्स

भक्तपुरको कलमसि : उपत्यकाको ठाउँ कि उपेक्षाको ठाउँ ?

भक्तपुर टाइम्स

आएन ठेकेदारको तीन दिन : सास्ती खेप्दै ताथलीवासी

भक्तपुर टाइम्स

This website uses cookies to improve your experience. We'll assume you're ok with this, but you can opt-out if you wish. Accept Read More

Privacy & Cookies Policy