भक्तपुर । यस वर्षको एसइईमा हरेक विषयको सैद्धान्तिक परीक्षामा कम्तीमा २७ नम्बर ल्याउनै पर्ने नयाँ नियम लागु हुदैछ । प्रयोगात्मक नभएको विषयमा भने ३५ नम्बर ल्याउनै पर्ने हुन्छ ।
यो नियम अघिल्लो वर्ष लागु हुने भनिए पनि विरोध भएपछि रोकिएको थियो । राष्ट्रिय परीक्षा बोर्डका सदस्य सचिव दुर्गा अर्यालले यस वर्षदेखि भने सैद्धान्तिक (लिखित) मै ३५ प्रतिशत अथार्त २६ दशमलव २५ अंक नल्याए माथिल्लो कक्षामा प्रवेश नपाउने बताए । ‘यस वर्षदेखि लेटर ग्रेडिङ निर्देशिका ०७८ लागू हुदैछ । यसले हरेक विषयमा ३५ प्रतिशत नल्याए विद्यार्थीले ग्रेड नपाउने र सबै विषयमा ३५ प्रतिशत ल्याउनै पर्ने भन्ने सुधार भएको छ,’ राष्ट्रिय परीक्षा बोर्डको सदस्य सचिव दुर्गा अर्यालले भने ।
यसअघि सैद्धान्तिक र प्रयोगात्मक दुवैको नम्बर एकै ठाउँमा जोडिन्थ्यो । यस वर्षदेखि सैद्धान्तिकमा ७५ नम्बरमा कम्तीमा २७ नम्बर ल्याउनु पर्ने प्रावधान लागू हुन लागेको हो । सैद्धान्तिक परीक्षामा ३५ प्रतिशतभन्दा कम आएमा, आन्तरिक मूल्याङ्कन २५ मा १० नम्बर अथार्त ४० प्रतिशतभन्दा कम आएमा विद्यार्थीले पाउने ग्रेड सिटमा नट ग्रेडेट ९एनजी० उल्लेख गरिने निर्देशिकामा उल्लेख छ । निर्देशिकामा भनिएको छ,‘एनजी आएका विद्यार्थीले माथिल्लो कक्षामा अध्ययन गर्न पाउने छैनन् ।’
दुई विषयसम्म सैद्धान्तिकमा २७ र प्रयोगात्मकका १० अंक आएमा वा दुई विषयमा अनुपस्थित भई अन्य सबै विषयमा ३५ र सोभन्दा बढी प्रतिशत ल्याएका विद्यार्थीले ग्रेड वृद्धि परीक्षामा सहभागी हुन पाउने प्रावधान राखिएको छ । निर्देशिकामा भनिएको छ,‘दुईभन्दा बढी विषयमा एनजी प्राप्त गरेका वा अनुपस्थित विद्यार्थीले पुनः सोही कक्षाको नियमित पठनपाठन क्रियाकलापमा सहभागी हुनुपर्ने छ ।’
आन्तरिक÷प्रयोगात्मक परीक्षामा कम्तीमा सी ग्रेड र सैद्धान्तिक परीक्षामा डी ग्रेड ल्याएमा मात्र स्तरीकृत अंक औसत जिपिए ग्रेड प्वाइन्ट एभरेज सहितको ग्रेड सिट विद्यार्थीले पाउनेछ ।
०७१ मा प्राविधिक र ०७२ मा प्राविधिक तथा साधारण विषयमा लेटर ग्रेडिङ प्रणाली सुरु भएको थियो । विद्यार्थीको मुल्याङकन गर्ने प्रावधान राखिएकै कारण मुलुकको शिक्षा कमजोर हुन पुगेको सदस्य सचिव अर्यालले बताए । ‘विद्यार्थीले सबै विषयमा परीक्षा दिन्थे कुनै पनि विषयमा हामीले कटअप राखेनौ । जति ल्याए पनि माथिल्लो कक्षा जान योग्य हुने प्रावधान राख्यौ । ६ वटै अनिवार्य विषयमा विद्यार्थीले परीक्षामा हाजिर हुन्छन् । केही नलेखे पनि एक नम्बर पाउँथ्यो । ऐच्छिक विषयमा पनि गर्छ । अनि हामीले त्यो विद्यार्थीलाई सक्सेसफुल्ली कम्प्लिट भनेर हामीले प्रमाणित गरिदियौ,’उनले भने,‘अब यस्तो हुँदैन । हरेक विषयमा ३५ प्रतिशत ल्याउनै पर्ने हुन्छ ।’ गत वर्षसम्म विद्यार्थीले प्राप्त गरेको अंकलाई ए प्लस, ए, बीए प्लस, बी, सी प्लस, सी, डी प्लस, डी र ई ग्रेडमा विभाजन गरेको थियो । २० भन्दा कम अंक ल्याउनेको भ्यालु ई हुन्थ्यो भने अब नयाँ प्रावधानमा ३५ प्रतिशत भन्दा कम ल्याउनेलाई नन ग्रेडेड अर्थात् अवर्गीतमा रूपान्तरण भयो ।
नौ वटा समूहबाट आठ वटामा परिवर्तन भयो । नयाँ व्यवस्था अनुसार ९० र सो भन्दा माथि ल्याएमा ४ जिपिए र ए प्लस हुने प्रावधान राखेको छ । त्यस्तै ८० र सो भन्दा माथि ९० भन्दा कम भएमा ३।६ जिपिए उपलब्धि स्तर ए हुनेछ । ७० र सो भन्दा माथि ८० प्रतिशत भन्दा कम प्रतिशत भएमा ३।२ जीपीएर उपलब्धि स्तर बी प्लस हुने मन्त्रालयले बनाएको निर्देशिकामा उल्लेख छ । ६० र सो भन्दा माथि ७० भन्दा कम प्रतिशत ल्याएमा २।८ उपलब्धि स्तर बी हुनेछ । ५० र सोभन्दा माथि ६० भन्दा कम भएमा २। ४ जिपिए र सी प्लस ग्रेड हुनेछ । ४० र सो भन्दा माथि ५० प्रतिशत भन्दा कम भए २ जिपिए र सी ग्रेड हुनेछ । ३५ र सो भन्दा माथि ३० प्रतिशत भन्दा कम अंक ल्याएमा १।६ जिपिए र डी ग्रेड प्राप्त गर्नेछ । ३५ भन्दा कम ल्याएमा जिपिए उल्लेख हुने छैन । ग्रेड पनि एनजी उल्लेख हुनेछ ।
From : Edukhabar