भक्तपुर । राष्ट्रिय निजी तथा आवासीय विद्यालय एसोसिएसन नेपाल (नेसनल प्याब्सन) भक्तपुरले माध्यमिक शिक्षा परीक्षा (एसईई) खारेज नगर्न सम्बन्धित निकायको ध्यानाकर्षण गरेका छन् ।
प्रस्तावित शिक्षा ऐन२०८० मा एसईई खारेजको प्रस्ताव परेपछि यस विषयमा अहिले विभिन्न प्रकारले बहसहरु सिर्जना भइरहेको सन्दर्भमा नेसनल प्याब्सन भक्तपुरमा आवद्ध शिक्षाकर्मीहरुले भने एसईई खारेज गर्न नहुने निश्कर्ष निकाल्दै सो विषयमा सरकारको ध्यानार्कषण समेत गरेका हुन् । २०८० सालको बडादशैँ, तिहार, नेपाल संवत ११४४ र छठ पर्वको अवसरमा आफ्ना सदस्य विद्यालयहरु बीचमा शुभकामना आदानप्रदान एवं अन्तरक्रिया कार्यक्रममा उनीहरुले शुभकामना आदानप्रदानमात्र गरेनन्, शिक्षाको वर्तमान अवस्थाबारेमा पनि गहन छलफल गरेका थिए ।
नेसनल प्याब्सन भक्तपुर जिल्ला अध्यक्ष संजय खड्काले अहिलेको अवस्थामा एसईईको सान्दर्भिकता कम नभएकोमा जोड दिएका थिए ।
उक्त कार्यक्रममा नेसनल प्याब्सन जिल्ला बरिष्ठ उपाध्यक्ष शिवकृष्ण कवां, उपाध्यक्ष राम प्रसाद खाताखो, सचिब कुमार थापा मगर, सहसचिब दिनेश शाक्य, कोषाध्यक्ष विक्रम थापा, सहकोषाध्यक्ष रत्न राई लगाएत सहभागी सदस्य एवं उपस्थित प्रिन्सिपलहरुले मुल्याकंनका लागि कुनै न कुनै प्रकारको परीक्षा प्रणाली आवश्यक रहेको उल्लेख गर्दै एसईई हटाउन नहुनेमा जोड दिएका थिए।
कार्यक्रममा सहभागिहरुले शिक्षण सिकाई मुल्याकंन गर्ने विधिको जरुरी हुने भएकाले उक्त प्रणाली हटाउन नहुने उल्लेख गरे । साथै अध्यक्ष खड्काले कक्षा १२ सम्मको नै शिक्षण सिकाई विधि र मूल्याकंन पद्दतिमा समयसापेक्ष परिवर्तिन गरिनु पर्नेमा जोड दिए ।
कार्यक्रममा नवनिर्वाचित कार्यसमितिको तर्फबाट बिक्रम ढुकुछु, जिबि खड्का र पुणयराम कवांलाई जिल्ला समिति सल्लाहकार तथा अधिवक्ता राधाकृष्ण भण्डारीलाई कानुनी सल्लाहकारको मनोनयन पत्र प्रदान गरिएको थियो । नेसनल प्याब्सन भक्तपुरका अध्यक्ष संजय खड्काको सभापतित्वमा सम्पन्न उक्त कार्यक्रममा प्रमुख अतिथि नेसनल प्याब्सन केन्द्रीय सहकोषाध्यक्ष बिक्रम ढुकुछु, अतिथि केन्द्रीय सदस्य जिबि खड्का र अधिवक्ता राधाकृ्षण भण्डारीले शुभकामना दिएका थिए ।
नेसनल प्याब्सन भक्तपुरको २०८० भाद्र ३० गते सम्पन्न छैटौं अधिवेशनबाट निर्विरोध नवनिर्वाचित जिल्ला कार्यसमितिको तर्फबाट सबै सदस्य विद्यालयलाई धन्यवाद दिइएको थियो भने काठमाडौं फन भ्यालीले नवनिर्वाचित समितिलाई बधाई ज्ञापन गरेको थियो ।
previous post
next post
भक्तपुर टाइम्स
Bhaktapur Times Pvt. Ltd.
Bhaktapur’s Leading News Portal
Bhaktapur Times Dot Com
24/7 News From Bhaktapur
#BHAKTAPUNEWS
सञ्चार रजिस्ट्रारकाे कार्यालय, बागमती
दर्ता नंः ०००९६ /२०७८/०७९
चाँगुनारायण नगरपालिका,ताथली ,भक्तपुर
+977-9841566556
bhaktapurtimes@gmail.com
info@bhaktapurtimes.com
विज्ञापनका लागि
+977-9841566556