भक्तपुर । दशैंको मुखमा भक्तपुरका चारवटै नगरपालिकाले बजार अनुगमनलाई तीब्र पारेका छन् । दशैंको बहानामा भए पनि नगरपालिकाका अनुगमन अधिकारीहरु विभिन्न ठाउँमा पुगेका छन् । भक्तपुर, चाँगुनारायण, मध्यपुरथिमी र सूर्यविनायक नगरपालिकामा अनुगमन तीब्र पारिएको छ ।
भक्तपुरका सहायक प्रमुख जिल्ला अधिकारी डोरेन्द्र निरौलाले ती नगरपालिकाले अनुमगनलाई तीब्र बनाइरहेको छ ।
तीब्र बनाइरहेको अनुमगन टोलीले नगरपालिकाका क्षेत्रमा सञ्चालित अधिकांश पसलमा अखाद्य वस्तु एवं कुहिएका खाद्य सामाग्री तथा पेय पदार्थ भेटिएको बताए । त्यसरी भेटिएका सामग्री जफत गरी नष्ट समेत गरिएको जानकारी आफूलाई आएको उनको भनाइ छ ।
भक्तपुर नगरपालिकाले च्याम्हासिंह, सूर्यमढी, इनाचो र सुकुलढोकामा रहेको मिनिमार्ट तथा खाद्य पसल अनुगमन गर्दा म्याद नाघेको सामानहरु धेरै भेटाएकोले जफत गरी नष्ट गरेको छ । टोलीले नमस्ते किराना स्टोर नविकरण गर्न, प्याकेजिड्ड सामानहरु खाद्य अनुज्ञा पत्र लिई लेवल राखी मात्र विक्रि वितरण गर्न र म्याद नाघेको सामानहरु करेन्ट, चाउचाउ, भटमास, दालमोठ, आलुचिप्स, मसला, बदाम बरामद गरी नष्ट गरेको छ ।
त्यस्तै सुनगाभा स्टोर नविकरण गर्न र म्याद नाघेको सामानहरु जफत गरी नष्ट गरी तीन दिन भित्र कार्यालयमा उपस्थित हुन निर्देशन दिएको छ । चाँगुनारायण नगरपालिकाको दुवाकोट, नगरकोट क्षेत्रका बजार अनुगमन गर्दा पसल नविकरण नगरेको, म्याद गुज्रीएका सामाग्री विक्रि वितरण गरिएको पाइएको छ ।
त्यस्तै मध्यपुर थिमि नगरपालिका र सूर्यविनायक नगरपालिका बालकोट क्षेत्रका पसल अनुगमन गर्दा सरसफाइ नगरिएको, पसल नविकरण नगरिएको, कुहिएका खाद्य पदार्थ बिक्री गरेको, सडेको मासु बिक्री गरेको, कुहिएका दहि र पनिर समेत बिक्री गर्न राखिएको पाइएको छ।
अनुगमन समितिका सदस्यहरु, कार्यपालिका सदस्य र प्रशासकीय अधिकृत र नगरप्रहरीको सहभागितामा बजार अनुगमन तीब्र पारिएको छ । बालकोटका दहि भण्डार र बेकरी सप, वेलकम टु रेड एप्रोन मिटमार्ट, तिमल्सिना केक शप तथा दुग्ध डेरी, बर्गर हाउस, आयुस मिट सप, बालकोट बर्गरहाउस पसलमा अनुगमन गर्दा ४५ केजी सडेको मासु, ३५ केजी कुहिएको पनिर र दही जफत गरी नष्ट गरिएको छ । उपभोक्ताको स्वास्थ्यमाथि खेलवाड गरेको पाइएपछि पाँच–पाँच हजारसम्म जरिवाना गएिको छ ।