BHAKTAPUR TIMES -Bhaktapur’s Leading News Portal
राष्ट्रिय समाचार शिक्षा समाचार

विश्व शिक्षक दिवसको अवसरमा शिक्षक सम्मान

भक्तपुर । हरेक वर्ष अक्टोबर ५ मा मनाइने विश्व शिक्षक दिवसकाे अवसरमा भक्तपुरका छ उर्जावान शिक्षक सम्मानित भएका छन् ।
उनीहरूलाई भक्तपुरस्थित वी क्यान नेपालले सम्मान गरेकाे हाे । विगत ७ वर्षदेखि वी क्यान नेपालले भक्तपुरका उर्जावान् शिक्षकहरूलाई सम्मान गर्दै आइरहेकाे छ । साेही सिलसिलालाई याे वर्ष पनि निरन्तरता दिएकाे हाे ।
शनिबार भक्तपुरको भातेढिकुरस्थित सिटीगाउँमा सम्पन्न साे कार्यक्रममा माम्ती इन्टरनेशनल एकेडेमीकी अनिशा गारू, सरस पाठशालाकि गीता सेढाई, सिरिन केन इंग्लिस स्कूलकी रीता पाेखरेल, पाथीभरा ऐकेडेमीकी कमला लिम्बू, रूबी भ्याली स्कुलकी मनिसा तामाङ र क्रियटिभ इंग्लिस सेकेन्डरी स्कूलकी शर्मिला श्रेष्ठ रहेकी छन् ।
उनीहरूलाई कार्यक्रमका प्रमुख अतिथि हिन्दु विद्यापीठका प्राचार्य डा चिन्तामणि याेगी, नेशनल प्याब्सन भक्तपुरका अध्यक्ष संजय खड्का, वी क्यान नेपालका अध्यक्ष रत्न राईलगायतले प्रमाणपत्र, तक्मा र फूलमालाले सम्मान गरेका थिए ।
सम्मान अघि डा. याेगीले शिक्षक हुनुकाे मर्मबारे उल्लेख गर्दै शिक्षक कहिल्यै पनि निराश र उदास हुन नहुनेमा जाेड दिए । उनले शिक्षककाे सम्मानले समृद्ध र सुखी समाज निर्माणमा सहयाेग पुग्ने भएकाले समाजका सबै वर्ग र क्षेत्रकाले शिक्षकलाई सम्मान गर्नुपर्ने उल्लेख गरे ।
डा याेगीले शिक्षक सम्मान गर्ने वी क्यान नेपालकाे अभ्यासकाे प्रशंसा समेत गरे । साेही कार्यक्रममा नेशनल प्याब्सन भक्तपुरका अध्यक्ष संजय खड्काले शिक्षण पेशा अन्य पेशाभन्दा अलग रहेकाे उल्लेख गर्दै शिक्षक इमानदार र कर्तव्यनिष्ठ हुनुपर्नेमा जाेड दिए । उनले शिक्षण पेशाप्रति शिक्षकबाटै आत्मगाैरब गर्ने वातावरण बनाउने कामकाे अगुवाइ गर्न सुझाव दिँदै शिक्षा सुधारकाे पहिलो जिम्मेवारी शिक्षक नै रहेकाे जनाए ।
कार्यक्रममा सम्मानित शिक्षकहरूले सम्मानले नयाँ उत्साह र जाेश दिएकाे चर्चा गर्दै आयाेजकप्रति आभार व्यक्त गरे ।
कार्यक्रममा वी क्यान नेपाल अन्तरगतकाे पाथीभरा एकेडेमीका प्रिन्सिपल एवम् कार्यक्रम संयाेजक रमेश सिटाैला, सिरिन केन स्कूलका प्रिन्सिपल कमल सुवाल, क्रियटिभ इंग्लिस स्कूलका प्रिन्सिपल विश्वराम दुवाललगायतले कार्यक्रमको उद्देश्यबारे चर्चा गरेका थिए ।
आयाेजक वी क्यान नेपालका संयाेजक एवम् रूबी भ्याली स्कूलका प्रिन्सिपल रत्न राईले शिक्षकलाई उत्साहित गर्न विभिन्न कार्यक्रम आयाेजना गरिरहेकाे उल्लेख गर्दै शिक्षका लागि विभिन्न शैक्षिक क्रियाकलापलाई निरन्तरता दिने बताए ।

थप ख़बर

सामुदायिक विद्यालयलाई सबल र प्रतिस्पर्धी बनाउन आवश्यक छ ।

भक्तपुर टाइम्स

विश्वविद्यालयले खोज्यो वागीश्वरी कलेज सामुदायिक भन्ने आधार

भक्तपुर टाइम्स

राेम्बस सेकेण्डरी स्कूलद्वारा एसइइ अवार्ड २०८० प्रदान

भक्तपुर टाइम्स

This website uses cookies to improve your experience. We'll assume you're ok with this, but you can opt-out if you wish. Accept Read More

Privacy & Cookies Policy