BHAKTAPUR TIMES -Bhaktapur’s Leading News Portal
भक्तपुर नगरपालिका शिक्षा समाचार

साईबर सुरक्षा र जिम्मेवारीबारे अक्सफोर्डमा प्यानल छलफल

भक्तपुर । बढ्दो साईबर अपराधले निम्त्याएको समस्याको हल निकाल्न भक्तपुरको अक्सफोर्ड प्राक्टिकल स्कुलले प्यानल डिस्कसन कार्यक्रम गरेको छ ।

विद्यार्थीहरुलाई साईबर अपराध र त्यसले ल्याएको समस्याबारे बोध गराउँदै त्यसबाट बच्न अपनाउनुपर्ने सावधानीबारे जानकारी दिन विद्यालयले नयाँ अभ्यास अन्तर्गत प्यानल छलफल सुरु गरेको हो ।

प्यानल छलफलका क्रममा प्रयोगकर्ताको तर्फबाट प्यानलिस्टहरुमध्येका रिया सुलू, तेज बहादुर मोक्तान तथा शिक्षक प्रह्लाद लम्साल रहेका थिए भने प्रशासनको तर्फबाट प्यानलिस्टहरुमा योग्यता पौडेल, अनामिका बयलकोटी तथा शिक्षक टेकसिंह ढकाल रहेका थिए ।

ती दुई प्यानलिष्टहरुबीच विषयकेन्द्रीत गहन छलफल भएको थियो । उनीहरुले साइबर अपराधका कारण, त्यसले समाज, शिक्षा, अर्थ राजनीति क्षेत्रमा पारेको असर, साईबर अपराधबारे कानूनी प्रावधान र त्यसलाई कम गर्न सकिने उपायहरुबारे जीवन्त छलफल गरेका थिए ।

प्यानल डिस्कसनका लागि जिल्ला प्रहरी कार्यालयबाट प्रहरी निरीक्षक सानु श्रेष्ठ तथा प्रहरी सहायक निरीक्षक संगीता कार्की, सम्पदा कानुनी सेवा भक्तपुरका विकास त्वंजु, कलेज प्रतिनिधि निराजन सिल्वालको उपस्थिति रहेको सो कार्यक्रममा शिक्षक वीरेन्द्र चौधरीले सहजीकरण गरेका थिए ।

छलफलमा कक्षा ११ र १२ का दर्शक विद्यार्थीद्वारा पालैपालो जिज्ञासा प्रस्तुत गरे भने ती जिज्ञासाको सम्बन्धित निकायका विषेशज्ञ तथा स्रोत व्यक्तिहरुले विद्यार्थीका प्रश्नहरुको जवाफ दिएका थिए ।

विद्यालयका शिक्षक शिव भुजुले कार्यक्रमको सुरुवात गर्दै साइबर अपराधबारे छलफल गर्नुको कारणबारे प्रष्ट पारे । प्रवेशस्
प्रिन्सिपल रवि दुवालले सो प्यानल छलफल सफल गर्न सहयोग गर्ने सबैलाई धन्यवाद दिँदै कार्यक्रमको निरन्तरताका लागि शुभकामना दिएका थिए ।
करिब पौने तीन घन्टा चलेको छलफल निक्कै प्रभावकारी र फलदायी भएको छलफलमा सहभागी विद्यार्थीहरुले प्रतिक्रिया दिए ।

थप ख़बर

भक्तपुर औद्योगिक तथा व्यापार मेलाको पाचौं दिनसम्म १ करोडको कारोबार

भक्तपुर टाइम्स

नगर प्रमुख थापाले गरे मदरल्याण्ड स्कुलको शैक्षिक अभ्यासको प्रशंसा : मदरल्याण्ड छुट्टै ब्राण्ड बन्दै

भक्तपुर टाइम्स

छालिङस्थित मत्स्यनारायण मन्दिरमा ‘मत्स्यनारायण मेला सुरु

भक्तपुर टाइम्स

This website uses cookies to improve your experience. We'll assume you're ok with this, but you can opt-out if you wish. Accept Read More

Privacy & Cookies Policy