भक्तपुर । चाँगुनारायण नगरपालिका वडा नं ९ ताथलीमा जारी महायज्ञमा ताथलीका श्रीकण्ठ खड्काकोपरिवारले १० लाख रुपैयाँ सहयोग गरेका छन् ।
छोरीको घर ज्येष्ठ नागरिक आश्रमको सहयोगार्थ सञ्चालन भएको महायज्ञमा सो परिवारले एम्बुलेन्स खरिद गर्नको लागि उक्त रकम सहयोग गरेका हुन् । सोही परिवारले आश्रमको लागी जग्गा खरिद गरि भवन निर्माणको लागि थप १ लाख १ हजार १११ रुपैयाँ पनि सँगै सहयोग गरेको आयोजक समितिले जनाएको छ ।
चाँगुनारायण नगरपालिका वडा नं ९ खड्काटोल निवासी उनले आश्रमको लागि ११ लाख ११ हजार १११ रुपैयाँ सहयोग गरेको ज्येष्ठ नागरिक आश्रमका अध्यक्ष वालयोगेश्वर विजयमूर्ति महाराजश्रीले जानकारी दिए ।
स्थानीय स्तरमा नै व्यवसाय गर्दै आएका खड्का समाज सेवाको क्षेत्रमा पनि सक्रिय छन् । आफूलाई जन्मदिने आमाको प्रेरणा र आग्रहमा एम्बुलेन्स सहयोग गरेको परिवार स्रोतले जनाएको छ।