BHAKTAPUR TIMES -Bhaktapur’s Leading News Portal
राजनीति राष्ट्रिय समाचार समाचार

मूल्यवृद्धि फिर्ताको माग

भक्तपुर । सरकारले पेट्रोलियम पदार्थमा गरेकाे मूल्यवृद्धि फिर्ता लिन सर्वत्र माग भएको छ ।
जनताको ढाड सेक्ने गरि सरकारले पेट्रोलियम पदार्थमा मूल्यवृद्धि गरेपछि आम जनताले सरकारकाे उक्त कामलाई जनहित विपरीत भएकाे प्रतिक्रियाहरू आइरहेका बेला नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी) नेपालको भक्तपुर शाखाले तत्काल मूल्यवृद्धि फिर्ता लिन माग गरेकाे हाे ।
पार्टीका भक्तपुर अध्यक्ष डा राजेन्द्र काेजूले मूल्यवृद्धिले सर्वत्र असर देखिँदा पनि सरकारले त्यसकाे मतलब नगरी पेट्रोलियम पदार्थमा मूल्यवृद्धि गरेर जनतालाई दु: दिने काम गरेकाे बताए ।
मूल्यवृद्धि फिर्ता लिन माग गर्दै प्रकाशित प्रेस विज्ञप्तिमार्फ उनले आम जनताकाे हितमा काम गर्नुपर्ने सरकारले मूल्यवृद्धि गरेकामा विराेध जनाए । उनले चाडपर्वकै मुखमा मूल्यवृद्धि गरिनु अर्को जनहित विराेधी कदम भएकाे उल्लेख गरे ।
विज्ञप्तिमा भनिएको व्यहाेरा :
राजनितिक परिवर्तनको संवाहक र अग्रगामी रुपान्तरणका पक्षपाती पार्टी हो यसले सधैं जनजिविकाको सवालमा सचेत ढङ्गले समाजवादी विचारधाराद्वारा निर्दिष्ट कार्यक्रम र नीतिको वकालत गर्दै आएको छ । वर्तमान सरकार नेपाली कांग्रेस, ने.क.पा माओवादी केन्द्र र ने.क.पा (एकीकृत समाजवादी) सहितको प्रगतिशिल र प्रजातान्त्रिक सरकार हो। अझ यो सरकार समाजवाद उन्मुख संविधानको मार्गदर्शक सिद्धान्त बोकेको संविधान अनुरुप बनेको सरकार हो । राम्रोलाई प्रशंसा गर्ने र नराम्रोलाई विरोध गर्ने आलोचनात्मक चेत बोकेको हाम्रो पार्टीले जनजिविकाको सवालमा यो सरकार चुक्दै गएको महशुस गरेको छ । जनताको खाना, नाना र छानासँग प्रत्यक्ष सरोकार राख्ने कुनै पनि विषयमा सरकारको यज्ञ दृष्टि पर्न अनिवार्य छ। जनताको चुल्हो चौका र जनजिविकामा प्रत्यक्ष असर पार्ने विषयमा सरकारले कुनै पनि बाहनाबाजी गर्न सुहाउँदैन परिस्थितिले राज्य सरकार र राजनीतिक दल र राजनितिप्रति चरम निराशा बढाएको छ । बजार भाउ आकाशिएकोले जनतामा चरम असन्तुष्टि पलाएको छ । भ्रष्टाचार विरोधी अभियानले अलि खुसी भएका जनतालाई हिजो भर्खरै खाना पकाउने ग्यासमा गरिएको मूल्यवृद्धिले आघात पारेको छ ।
पेट्रोलियम पदार्थ, खाद्यान्न र इन्धन जस्ता दैनिकीसँग जोडिएका क्षेत्रमा गरिएको निरन्तर मूल्यवृद्धि र यसले जनजीवनमा पारेको असरप्रति ने.क.पा. ( एकिकृत समाजवादी) भक्तपुर नगर कमिटीको गम्भिर ध्यानाकर्षण भएको छ । खाद्यान्न, इन्धन, पेट्रोलियम पदार्थ र ग्यासमा सहुलियत दिएर भएपनि मूल्य नियन्त्रण गर्नुपर्नेमा निरन्तर मूल्यवृद्धि जारी राख्दा जनजीवन कठिन हुँदै गएको र सरकारले समाजवाद उन्मूख संविधानको भद्दा मज्जाक गरिरहेको आभाष गरिएको छ । दलाल पूँजीवादलाई प्रशय दिने खालका यस्ता तमाम अवस्थाको तुरुन्तै अन्त्य गरियोस् मूल्यवृद्धिले जनताको दैनिक जीवन कष्टकर बन्दै गएकोले यथासिघ्र मूल्यवृद्धि फिर्ता लिइयोस् । चाडपर्व लक्षित कालाबजारी, अनियन्त्रित मूल्यवृद्धि तुरुन्त बन्द गरियोस् र जनताका दैनिक जीवनलाई सरल र सहज बनाईयोस् भनी हाम्रो पार्टी ने.क.पा. (एकीकृत समाजवादी) जोडदार माग गर्दछ ।

थप ख़बर

चाँगुमा चुलियाे खानी विवाद : लगाए कार्यकक्षमा ताला

भक्तपुर टाइम्स

भक्तपुरमा निः शुल्क स्वास्थ्य शिविर: २५० वटा चश्मा वितरण

भक्तपुर टाइम्स

नगरकोट सडकमा शैलुङ कन्ष्ट्रक्सनको अर्को बदमासी : गरे गुणस्तरहीन कालोपत्रे

भक्तपुर टाइम्स

This website uses cookies to improve your experience. We'll assume you're ok with this, but you can opt-out if you wish. Accept Read More

Privacy & Cookies Policy