BHAKTAPUR TIMES -Bhaktapur’s Leading News Portal
चाँगुनारायण नगरपालिका समाचार स्वास्थ्य

रेविजविरुद्ध निः शुल्क खोप दिँदै चाँगुनारायण(कुन वडामा कहिले?)

भक्तपुर । भक्तपुरको चाँगुनारायण नगरपालिकाले रेविजविरुद्ध निः शुल्क खोप शिविर सञ्चालन गर्ने भएको छ ।
विश्व रेविज दिवसको अवसरमा नगरपालिकाले सप्ताहव्यापी कार्यक्रम अन्तर्गत वडावडामा पुगेर रेविजविरुद्ध निः शुल्क खोप दिने भएको हो ।


नगरपालिकाको पशु विकास शाखाका प्रमुख एवं शाखा अधिकृत खडककुमार मैनालीले नगरपालिकाका विभिन्न ठाउँमा रहेका पशु सेवा केन्द्रमार्फत् रेविजविरुद्ध खोप दिइने जानकारी दिए ।
उनले कुकुर र बिरालोको कारण रेविज रोग फैलिरहेकाले सो रोगलाई नियन्त्रण गर्न र रेबिजबाट हुने मृत्युलाई नियन्त्रण गर्न नगरपालिकाले उक्त कार्यक्रमलाई प्राथमिकता दिएको बताए ।
उनले असोज ११ गतेदेखि १७ गतेसम्म पशुसेवा केन्द्र खरिपाटी, १२ गतेदेखि १७ गतेसम्म झौखेल, १२ गतेदेखि १४ गतेसम्म ताथली, १५ गतेदेखि १७ गतेसम्म छालिङ र १२ गतेदेखि १७ गतेसम्म स्ुडाल शाखाबाट उक्त सेवा दिइने कार्यक्रम तय भएको जानकारी दिए ।

यस्तो छ : कार्यक्रम तालिका

थप ख़बर

एजे सेकेण्डरी स्कूलकाे नतिजा शतप्रतिशत

भक्तपुर टाइम्स

कलासंस्कृतिमा धनी भक्तपुर : खानेपानीमा गरिब! काकाकूल छन् भक्तपुर नगरबासी

भक्तपुर टाइम्स

दुवाकोटका लागूऔषध मुद्दाका फरार निर्मला पक्राउ

भक्तपुर टाइम्स

This website uses cookies to improve your experience. We'll assume you're ok with this, but you can opt-out if you wish. Accept Read More

Privacy & Cookies Policy