BHAKTAPUR TIMES -Bhaktapur’s Leading News Portal
चाँगुनारायण नगरपालिका राष्ट्रिय समाचार शिक्षा समाचार

चाँगुनारायणमा अनिश्चितकालीन विद्यालय बन्द

भक्तपुर । भक्तपुरको चाँगुनारायण माध्यमिक विद्यालयको पठनपाठन बन्द भएको छ।
शिक्षकहरू आन्दोलनमा सहभागी हुनुपर्ने भएकाले विद्यालयको पठनपाठन अनिश्चितकालसम्म बन्द गर्नुपरेको प्रधानाध्यापक बाबुराम ढकालले बताए ।
‘नेपाल सरकारले २०८० भदौ २७ गते विद्यालय शिक्षासम्बन्धी कानुनलाई संशोधन र एकीकरण गर्न बनेको विधेयक संघीय संसद्मा दर्ता गरेको छ। यो विधेयकको मस्यौदा नेपाली आम शिक्षक र विद्यालय कर्मचारीको हितविपरीत रहेको नेपाल शिक्षक महासंघ केन्द्रीय समिति र नेपाल शिक्षक महासंघ भक्तपुरको ठम्याइ छ,’ विद्यालयले निकालेको सूचनामा भनिएको छ, ‘नेपाली शिक्षकहरूले पेश गरेको ३० बुँदे र ५१ बुँदे माग पूरा गर्नको लागि नेपाल शिक्षक महासंघ केन्द्रीय समिति र नेपाल शिक्षक महासंघ भक्तपुर जिल्ला समितिको मिति २०८० भदौ ३१ गतेको बैठकले असोज ३ गतेबाट शिक्षक तथा कर्मचारीहरूको आन्दोलनको कार्यक्रम तयार गरेको ह्ुँदा उक्त आन्दोलनमा शिक्षक–कर्मचारी सहभागी हुन असोज ४ गतेबाट अर्को सूचना प्राप्त नभएसम्मको लागि विद्यालयको पठनपाठन बन्द गरिएको छ।’
विद्यालय शिक्षासम्बन्धी कानुनलाई संशोधन र एकीकरण गर्न बनेको विधेयकविरूद्ध शिक्षकहरूले बुधबार नयाँ बानेश्वर क्षेत्रमा प्रदर्शन गरेका थिए। बिहीबार माइतीघरमा धर्ना दिने कार्यक्रम रहेको छ।

थप ख़बर

भक्तपुरमा चौथो जिल्लास्तरीय स्क्र्याबल च्याम्पियनशिप हुँदै

भक्तपुर टाइम्स

नेमकिपाकाे विजय जुलुस ( तस्बिरहरू )

भक्तपुर टाइम्स

चाँगुनारायणमा विद्युतीय गाडी सञ्चालनको तयारी : सुडालदेखि चाँगुसम्म परीक्षण

भक्तपुर टाइम्स

This website uses cookies to improve your experience. We'll assume you're ok with this, but you can opt-out if you wish. Accept Read More

Privacy & Cookies Policy