भक्तपुर । राष्ट्रिय निजी तथा आवासीय विद्यालय एसाेसिएसन नेपाल ( नेशनल प्याब्सन ) भक्तपुरकाे छैटौं जिल्ला अधिवेशन सम्पन्न भएकाे छ ।
पर्यटकीय नगरी नगरकाेटकाे हिमालयन ग्लासियर हाेटलमा सम्पन्न भएको हाे । साे अधिवेशनकाे उद्घाटन नेशनल प्याब्सनका केन्द्रीय अध्यक्ष पाण्डब हमालले फूलकाे गमलामा जल अर्पण गरि गरेका थिए ।
साे अवसरमा नेशनल प्याब्सन भक्तपुरले विगत लामाे समयदेखि नेपाली माैलिक सम्पदा संरक्षणमा याेगदान दिइरहेका संरक्षणकर्मी रविन्द्र पुरीलाई सम्मान गरिएको छ । उनलाई दाेसल्ला र सम्मान पत्रद्वारा सम्मान गरिएको हाे ।
साे क्रममा उनले शैक्षिक नेतृत्व गर्ने काम चुनाैतिपूर्ण रहेकाे उल्लेख गर्दै शिक्षाकाे स्तर विकास गर्नका लागि नेशनल प्याब्सन भक्तपुरले निभाएकाे भूमिकालाई निरन्तरता दिन अनुराेध गरे ।
कार्यक्रममा सम्मानित व्यक्ति सम्पदा संरक्षणकर्ता रविन्द्र पुरीले सम्पदा संरक्षणका अनुभवहरू सुनाउँदै देश छाड्नेहरूकाे संख्या बढ्नु देशकै लागि घातक भएकाेमा दु: ख व्यक्त गरे ।
उनले संसारका देशहरूमध्ये नेपाल उत्कृष्ट तथा सुन्दर रहे पनि केही व्यक्तिहरूकाे गलत प्रयत्नले देश कुरूप बन्दै गएकोमा चिन्ता जनाए ।
केन्द्रीय उपाध्यक्ष शम्भु अधिकारीले निजी विद्यालय बचाउन र बनाउन एक विद्यालय: एक उद्यमकाे नीति अवलम्बन गर्नुपर्ने बताए ।
नेशनल प्याब्सन डम्बर ले अधिवेशनले नयाँ नेतृत्व चयन गरिरहँदा ख्याल गर्नुपर्ने बताए । उनले भक्तपुर जिल्लाकाे अधिवेशन भएकाले भक्तपुरकाे शैक्षिक स्तर माथि उकास्नका लागि बनाउनुपर्ने नीति तथा कार्यक्रमबारे छलफल गर्नुपर्ने बताए ।
कार्यक्रममा नेशनल प्याब्सनका केन्द्रीय सचिव विष्णु पराजुली, नेशनल प्याब्सन ललितपुरका उपाध्यक्ष रमेश काेइराला, नेशनल प्याब्सन बागमती प्रदेशका उपाध्यक्ष पुण्यराम कवांले सरकारले शिक्षा विधेयकमार्फत निजी विद्यालयलाई सुनियोजित रूपले नियमन गर्न खाेजेकाले त्यसविरुद्ध नेशनल प्याब्सनकर्मीहरू एकजुट भएर लाग्नुपर्ने बताए ।
नेशनल प्याब्सनका सहकाेषाध्यक्ष विक्रम ढुकुछुले नेशनल प्याब्सन भक्तपुरकाे विगत र वर्तमान अवस्थाबारे चर्चा गरे ।
नेशनल प्याब्सन काठमाडौंका अध्यक्ष अमृत खड्काले सरकारले निजी विद्यालयकाे शैक्षिक याेगदानकाे कदर नगरेकाे अवस्थामा शिक्षाकर्मीहरू एक ठाउँमा उभिएर संघर्ष गर्न जरुरी रहेकाेमा जाेड दिए । उनले निजी विद्यालयलाई अघि बढाउन लगानीमैत्री वातावरण बनाउन समेत अनुराेध गरे ।
स्वागत गर्दै नेशनल प्याब्सन भक्तपुर जिल्लाका उपाध्यक्ष शिवकृष्ण कवांले भक्तपुरलाई उत्कृष्ट शैक्षिक गन्तव्य बनाउन लागिरहेकाे उल्लेख गरे । उनले भक्तपुरको शैक्षिक स्तर माथि उकास्न सबै क्षेत्र र वर्गकाे साथ र सहयाेग जरुरी रहेकाे बताए ।
कार्यक्रममा नेशनल प्याब्सन भक्तपुरका अध्यक्ष सञ्जय खड्का, सचिव कुमार थापामगर लगायतले अधिवेशनकाे बारे चर्चा गरेका थिए । साे क्रममा नेशनल प्याब्सनकाे शैक्षिक अभियानमा जाेडिने सहयाेगी तथा सहयात्री, विभिन्न प्रकाशन गृहलाई प्रशंसा पत्र प्रदान गरिएको थियाे ।
previous post
भक्तपुर टाइम्स
Bhaktapur Times Pvt. Ltd.
Bhaktapur’s Leading News Portal
Bhaktapur Times Dot Com
24/7 News From Bhaktapur
#BHAKTAPUNEWS
सञ्चार रजिस्ट्रारकाे कार्यालय, बागमती
दर्ता नंः ०००९६ /२०७८/०७९
चाँगुनारायण नगरपालिका,ताथली ,भक्तपुर
+977-9841566556
bhaktapurtimes@gmail.com
info@bhaktapurtimes.com
विज्ञापनका लागि
+977-9841566556