भक्तपुर । भक्तपुरको एसएस सदन सेकेण्डरी स्कूलले सचेतना र्याली आयाेजना गरेकाे छ ।
बाल दिवस २०८० काे अवसरमा स्कुलले आँखा पाक्ने राेग र डेङ्गु राेग विषयमा जनचेतना वृद्धि गर्ने उद्देश्यले स्कुलले साे र्याली गरेकाे हाे ।
र्यालीमा सहभागी विद्यार्थी तथा शिक्षकहरूले विभिन्न चेतनामूलक प्लेकार्ड बाेकेका थिए भने नारा समेत लगाएका थिए । स्कुल प्राङ्गणबाट सुरू भएकाे साे र्यालीले ताथलीकाे ढुंगेन, हात्तीगाैंडा, नालाछाप, पूजारीपाटी, चापाटाेल, दशैंघर, खर्कपुल, बनमाला टाेल, राउत टाेल, बालाटाेल, पण्डित पँधेराे, गाेठालेचाैरलगायतका स्थानकाे परिक्रमा गरेकाे थियोे ।
सांस्कृतिक धिमे बाजा टाेलीसहित गरिएको र्यालीमा सहभागी विद्यार्थीले डेङ्गु र आँखा पाक्ने राेगबाट बच्नका लागि अपनाउनुपर्ने सचेततामूलक जानकारी स्थानीयलाई वितरण गरेका थिए ।
previous post
भक्तपुर टाइम्स
Bhaktapur Times Pvt. Ltd.
Bhaktapur’s Leading News Portal
Bhaktapur Times Dot Com
24/7 News From Bhaktapur
#BHAKTAPUNEWS
सञ्चार रजिस्ट्रारकाे कार्यालय, बागमती
दर्ता नंः ०००९६ /२०७८/०७९
चाँगुनारायण नगरपालिका,ताथली ,भक्तपुर
+977-9841566556
bhaktapurtimes@gmail.com
info@bhaktapurtimes.com
विज्ञापनका लागि
+977-9841566556