BHAKTAPUR TIMES -Bhaktapur’s Leading News Portal
भक्तपुर नगरपालिका राष्ट्रिय समाचार शिक्षा समाचार

निःशुल्क सूचना प्रविधि विषय पढाउँदै बासु

भक्तपुर । भक्तपुरको बासु माध्यमिक विद्यालयले निःशुल्क रुपमा सूचना प्रविधि औद्योगिक प्रशिक्षार्थी कार्यक्रम सञ्चालन गर्ने भएको छ ।

व्यासीस्थित बासु माविले प्रि–डिप्लोमा तहको सूचना प्रविधि औद्योगिक प्रशिक्षार्थी कार्यक्रम निः शुल्क सञ्चालन गर्ने भएको हो ।
सो कार्यक्रमबारे विद्यालयमा आयोजित छलफल कार्यक्रममा विद्यालयले सो विषय निःशुल्क अध्यापन हुने जनाएको छ । छलफलमा सहभागीहरु स्थानीय बुद्धिजीवी, जनप्रतिनिधि, शिक्षाप्रेमी तथा समाजसेवीहरुले शिक्षालाई प्रविधिसँग जोड्नका लागि र प्रविधिलाई सीपसँग जोड्न बासु माविको सो प्रयास उपयोगी र देशको लागि सान्दर्भिक हुनेमा जोड दिए ।

विद्यालयका प्रधानाध्यापक अम्बिका न्याइच्याईले शिक्षाको उद्देश्य पूरा गर्न र शैक्षिक बेरोजगारीको समस्या समाधान गर्नका लागि विद्यालयले प्राविधिक शिक्षामा जोड दिएको जनाइन् । उनले विद्यार्थीलाई श्रम र उत्पादनसँग जोडी उद्यमी बनाउन सहयोग गर्नका लागि उक्त विषयको अध्ययन गराउन लागेको बताइन् ।

कार्यक्रममा भक्तपुर नगरपालिका वडा नं २ का वडाध्यक्ष हरिप्रसाद बासुकलाले विद्यालयले सञ्चालन गर्न लागेको औद्योगिक प्रशिक्षार्थी कार्यक्रम शिक्षाको क्षेत्रमा कोशेढुंगा सावित हुने जनाउँद्यै शिक्षालाई उत्पादन श्रमसँग जोड्न मद्दत पुग्ने बता उ । उनले उत्पादन श्रमसँग गाँसिने शिक्षाले प्रशिक्षार्थीहरुमा श्रमप्रति माया बढ्ने र हातमा सीप भएको व्यक्ति बेरोजगार भएर बस्न नपर्ने उल्लेख गर्दै बासु माविको उक्त कार्यक्रम प्रभावकारी हुने समेत बताए ।

औद्योगिक प्रशिक्षार्थी तालिममा सहभागी हुने विद्यार्थीहरुले अध्ययनकै क्रममा उद्योगमा कामसँगै आम्दानी पनि गर्न सक्ने हुँदा न्यून आर्थिक अवस्थाका विद्यार्थीहरुलाई कार्यक्रमले सहयोग गर्ने उनको भनाइ थियो ।

कार्यक्रमका शिक्षासेवी गणेश प्रसाद सुवालले बासु माविमा युग र नयाँ पुस्ता सुहाउँदो नयाँ कार्यक्रम सञ्चालन हुन लागेकोमा खुसी व्यक्त गरे। उनले निःशुल्क रुपमा अध्ययन गर्न सकिने सो कार्यक्रमलाई व्यापक जनताहरुमा पुर्याउन सम्पूर्णले महत्वपूर्ण भूमिका खेल्नुपर्नेमा जोड दिए ।

ख्वप ईन्जिनियरिङ कलेजमा सूचना तथा सञ्चार विषय अध्यापनरत ई. नरेश खत्रीले अहिलेको समय सूचना प्रविधि र कृत्रिम बौद्धिकताको चरणमा प्रवेश गरिसकेको हुँदा सबैजनाले सूचना प्रविधिबारे ज्ञान लिइ राख्नुपर्ने बताए ।

कार्यक्रममा विद्यालयका सहायक प्रधानाध्यापक रविलाल प्रधान, डिप्लोमा तह औद्योगिक प्रशिक्षार्थी कार्यक्रमका विषयमा डिप्लोमा इन कम्प्युटर ईन्जिनियरिङ कार्यक्रमका संयोजक रमेश प्रजापतिले सो विषयको वर्तमान अवस्था र भविष्यबारे प्रस्तुतिकरण गरेका थिए ।

तालिममा एसएलसी उतीर्ण वा एसइइमा न्यूनतम ई ग्रेड हासिल गरेका विद्यार्थीहरु सहभागी हुन सक्ने प्रावधान निर्धारण गरिएको छ ।
विद्यालयले सो तालिम लिन इच्छुक र योग्यता पुगेका व्यक्तिहरुलाई आवेदन दिन समेत अनुरोध गरेको छ । तालिमपछि प्रशिक्षार्थीहरुले सूचना प्रविधि क्षेत्रमा काम गरिरहेका प्रतिष्ठित उद्योगरकम्पनीहरुमा २० महिना न्यूनतम तलबसहित काम गर्ने अवसर समेत पाउने विद्यालयले जनाएको छ ।

तालिममा भर्ना हुन यहि असोज २ गते मंगलबारसम्म आवेदन दिन सकिने छ भने असोज ६ गते शनिबार लिखित परीक्षा तथा अन्तर्वार्ता हुने विद्यालय स्रोतले जनाएको छ।

थप ख़बर

फुलेको कमल : खुलेको पोखरी (फोटो फिचर)

भक्तपुर टाइम्स

खेलाडी बन्न छात्रवृत्तिको अवसर

भक्तपुर टाइम्स

पार्टी संस्थापक शिक्षासेवी न्हेम्हाफुकीकाे निधन

भक्तपुर टाइम्स

This website uses cookies to improve your experience. We'll assume you're ok with this, but you can opt-out if you wish. Accept Read More

Privacy & Cookies Policy