हिजो आज टेन्डरको सिजन चलिराको छ, नझुक्कीनु होला यो सडक चॅागुनारायण नगरपालिका वडा नं २ र ३ को सिमानामा पर्छ । सडक छेउमा वडा नं ३ का जनप्रतिनिधि को निवास समेत पर्छ । जहाँबाट दैनिक सयौ सवारी साधन आवतजावत गर्दछन् तर बाटोको हालत यस्तो छ। प्रसंग किन जोडे भन्दा यो बाटो पनि टेन्डर मार्फत नै निर्माण हुने भन्ने थियो। पटक पटक ठेक्काको म्याद थपिँदा समेत बाटो निर्माण सम्पन्न हुन नसकेको अवस्था छ। २०७९ फाल्गुनमा नगर प्रमुखज्यूसँग टेलिफोनमा कुरा गर्दा ठेकेदारलाई एक हप्ताभित्र सडक कालोपत्रे गराउन लगाउने आश्वासन पाएका हामी नगरवासी त्यो एक हप्ता कहिले आउने हो भन्ने अनुत्तरित प्रश्नका बीच रुमलिई रहेका छौं । सम्बन्धित निकायको ध्यानाकर्षण गराउन चाहान्छु । हुन त आजकल सामाजिक सन्जालमा लेख्न हुन्न क्यार । फेरि ध्यानाकर्षण ।
सामाजिक सञ्जालबाट साभार ।