BHAKTAPUR TIMES -Bhaktapur’s Leading News Portal
कला/ संस्कृति चाँगुनारायण नगरपालिका समाचार समाज

ताथलीमा बासुरी र पछिमा प्रशिक्षण : वडा अध्यक्षद्वारा ५० हजार सहयाेग

भक्तपुर । भक्तपुरको ताथलीमा बाँसुरी र पछिमा प्रशिक्षण सम्पन्न भएकाे छ । चाँगुनारायण नगरपालिका वडा नं ९ ताथलीकाे साैडाेलामा ती दुई परम्परागत वाजाकाे प्रशिक्षण सम्पन्न भएकाे हाे ।
साैडाेलकाे गचास्थित देवी बाँसुरी बाजा खल: काे आयाेजनामा भएको साे प्रशिक्षण नाै महिनासम्म सञ्चालन भएको थियो । साे प्रशिक्षणकाे शनिबार एक समारोहबीच दीक्षान्त गरिएको छ ।
दीक्षान्तका अवसरमा प्रशिक्षणमा सहभागी ५० जनालाई एक कार्यक्रमका बीच चाँगुनारायण नगरपालिका वडा नं ९ का वडा अध्यक्ष गणेश त्यातले प्रशिक्षार्थीहरूलाई प्रमाणपत्र वितरण गरेका थिए ।
साे अवसरमा वडा अध्यक्ष त्यातले सांस्कृतिक सम्पदा जगेर्नाका लागि गरिएको प्रशिक्षणकाे प्रसंसा गर्दै त्यसलाई निरन्तरता दिन सुझाव दिए । उनले सांस्कृतिक सम्पदा जाेगाउनका लागि नयाँ पुस्ता अघि बढ्नु पर्नेमा समेत जाेड दिए ।
उनले साे अवसरमा उक्त बाजा खल: लाई रूपैयाँ ५० हजारकाे चेक हस्तान्तरण समेत गरेका थिए ।
कार्यक्रममा स्थानीय समाजसेवी नारायणभक्त न्हेम्हाफुकीले माैलिकता जाेगाएमात्र पहिचान जाेगिने भएकाले त्यसलाई निरन्तर जीवित बनाउन अनुराेध गरे ।
बाजा प्रशिक्षणका लागि वरिष्ठ वाद्य गुरु धर्म मुनिकारले प्रशिक्षककाे भूमिका निर्वाह गरेकाे स्थानीय जयकृष्ण न्हेम्हाफुकीले बताए ।
प्रशिक्षार्थी सुन्दरकाजी थुयाजुले प्रशिक्षणको क्रममा प्रशिक्षार्थीहरूले चाँगुनारायण नगरगानकाे श्वरलिपि, स्थानीय ब्रम्हायणी मन्दिरबारे भजन गानलगायतका गीतकाे प्रशिक्षण लिएकाे जानकारी दिँदै त्यसलाई निरन्तरता दिन आफूहरू लागिरहने बताए ।
प्रशिक्षणमा ३९ जना महिलाले बाँसुरी, ११ जना पुरूषहरूमध्ये ६ जना पुरूषहरूले पछिमा प्रशिक्षण लिएका थिए ।

थप ख़बर

ज्येष्ठ नागरिकको माग: अब आउने मेयरले यस्तो सास्ती नदेओस्

भक्तपुर टाइम्स

यसरी ढलेकाे थियाे सल्लाघारीमा रूख, किचेकाे थियाे बस स्कुटर (भिडियो)

भक्तपुर टाइम्स

बैंकिङ कसूर मुद्दामा फरार भक्तपुरका राई पक्राउ

भक्तपुर टाइम्स

This website uses cookies to improve your experience. We'll assume you're ok with this, but you can opt-out if you wish. Accept Read More

Privacy & Cookies Policy