भक्तपुर जिल्ला चागुनारायण न पा वडा नं ३ झौखेलस्थित कोल्पकोट टोलको श्री कोटदेबी मन्दिरकै पश्चिमपट्टी साबिक झौखेल गा.बि.स. वडा नं ६(ग) कि.न. २९९ र ५३० कित्ता जग्गाका ज.ध.का.जि.का.म. न.पा. वडा नं २७ बस्ने सुष्मा श्रेष्ठले मापदण्ड बिपरित बिजुलीको लाइन, टेलिफोन लाइन लगायत अन्य तारहरु नव निर्मित घर भित्रै र टप निकाली टपमै वाल लगाइ साथै मन्दिरको मापदण्ड नछोडि घर निर्माण गरिरहेकोमा हामी टोलबासीहरुले चागुनारायण न पा वडा न ३ मा निवेदन पेश गरेपछि २/४ दिन रोक्या जस्तो गरेर पुनः मापदण्ड बिपरित नै घर भैरहेको हुँदा वडा कार्यालयका वडा अध्यक्ष लगायत जनप्रतिनिधिहरु र वडा इन्जिनियर सबैको मिलोमतोमा घर निर्माण भैरहेको आभास भएको हुँदा यो नव निर्मित घर यसरी बनाउन मिल्ने हो होइन चागुनारायण नगरपालिकालाई र पत्रकार साथीहरूलाई ध्यानाकर्षण गर्दै यो पोस्ट गरेको छु। मापदण्ड बिपरित हो भने तत्काल निर्माण कार्य रोकि आवश्यक कार्वाहीको माग गर्दछु ।
राजन श्रेष्ठकाे फेसबुकबाट ।
भक्तपुर टाइम्स
Bhaktapur Times Pvt. Ltd.
Bhaktapur’s Leading News Portal
Bhaktapur Times Dot Com
24/7 News From Bhaktapur
#BHAKTAPUNEWS
सञ्चार रजिस्ट्रारकाे कार्यालय, बागमती
दर्ता नंः ०००९६ /२०७८/०७९
चाँगुनारायण नगरपालिका,ताथली ,भक्तपुर
+977-9841566556
bhaktapurtimes@gmail.com
info@bhaktapurtimes.com
विज्ञापनका लागि
+977-9841566556