BHAKTAPUR TIMES -Bhaktapur’s Leading News Portal
विचार शिक्षा

. . . त्यसको बदलामा निजी विद्यालयको सम्पति सार्वजनिकरण गर्नुपर्ने ?

  • डा. राजेन्द्र कोजू

हरेक कुराको आविष्कार र विकास आवश्यकताले गर्ने हो । रहर भन्दा पनि समयको मागले र आवश्यकताले धेरै नयाँ कुराको सिर्जना हुन्छ र विकास हुन्छ । सन्दर्भ निजी विद्यालयको हो । नेपालको सन्दर्भमा राष्ट्रिय पूँजी, स्थानीय सीप, स्रोत र साधानविरुद्घ निरन्तर प्रहार हुँदै आएको लामो समय भइसकेको छ । नीतिगत रुपमा हुने सबैखाले भ्रष्टाचार नै यसको खास कारण हो । नियम, कानून बनाएर पहुँच र पदमा रहेका कारण हुन् । चलखेल गरी नेपालको स्वाभाविक विकासमा गतिरोध सिर्जना गरिरहेको कुरा घटनाक्रमहरुले पुष्टि गरिसकेको छ । निजी विद्यालय तात्कालिन समयको आवश्यकता थियो । प्रतिस्पर्धी विद्यार्थी निर्माणका लागि अपरिहार्यता थियो र निजी विद्यालयको संचालन हुन थाल्यो । स्वदेशी लगानी र स्वदेशी पूँजीको विकास र संरक्षणका लागि सरकारको प्रतिवद्घता, विश्वसनियता निराशाजनक छ । सरकारले देशभक्तिको कोट लगाउने र राष्ट्रवादको धोटी खुस्काउने तरिकाले काम गरिरहेको छ । शिक्षा र स्वास्थ्यमा जेजति कार्यक्रम तथा नीति अवलम्बन गरिरहेको छ, त्यो हेर्दा स्यालले बाघको छाला आढ्ने गरेको स्पष्ट छ । देशले पनि समाजवादको खोल ओढेर पूँजीवादको छुरा चलाइरहेको छ । संविधानको कुरा गर्दा समाजवाद उन्मूख संविधान उल्लेख गरेको छ तर व्यवहारमा पूँजीवादको रुखमा ऐजेरु फलेजस्तै भइरहेको छ । प्रशासन, राजनिति, शिक्षा, स्वास्थ्य र अर्थतन्त्र सबै क्षेत्रमा स्वरुप एउटा तर रुप अर्कै भइरहेको छ । त्यसैले गणतन्त्र र संघीयता आएको धेरै वर्षपछि सांसदमा प्रस्तुत गर्ने क्रममा रहेको संघीय शिक्षा ऐनमा पनि दलाल अर्थतन्त्रको छायाँ राम्रैसँग परेको छ ।

डा. कोजू, भक्तपुरको रोम्बस स्कुलका प्रिन्सिपल तथा नेशनल प्याब्सनका सदस्य हुन् ।
सरकारी लगानीमा खोलिएका विद्यालय र निजी लगानीमा खोलिएका विद्यालयकोे तुलना गर्दा निजी विद्यालय अब्बल, सबल र स्र्माट छ भन्ने धेरै आयमले देखाउँछन् । सरकारले यद्यपि कहिल्यै, प्रोत्साहन, स्यावासी, प्रेरणा सम्म दिएको अवस्था छैन । निजी विद्यालय संचालकले कलम बोकेका हुन् । बन्दुक बोकेका होइन । हिंसा मचाएको होइन । शान्तिपूर्ण शैक्षिक क्रान्ति मात्र गरेका हुन् । त्यसको बदलामा निजी विद्यालयको सम्पति सार्वजनिकरण गर्नुपर्ने ?

निजी विद्यालयको तथ्यागतङ्क अवस्था :
सन् २०२१–२२ को तथ्यांक अनुसार नेपालमा कुल ३४३६८ विद्यालय रहेका छन् । जसमध्ये २६४५४ सामुदायिक तथा सरकारी लगानीमा संचालित छन् । ११५४ विद्यालय धार्मिक विद्यालय छन् । यस बाहेक ६७४० निजी लगानीमा विद्यालय संचालन भइरहेका छन् । यी विद्यालय पनि अक्सर सहर बजारमा बढी केन्द्रित छन् । निजी तथा संस्थागत विद्यालयमा विद्यार्थी विगत ४ वर्षमा ४७.५५% ले वृद्घि भएको छ । यसले के देखाउँछ भने संस्थागत तथा निजी विद्यालयको आवश्यकता टड्कारो छ । सरकारले शिक्षामा ७२.८% विद्यार्थीका लागि वार्षिक १४ अरब लगानी गर्छ भने उता निजी विद्यालयले २७.३८% विद्यार्थीका लागि २.९२३४ अरब मात्र लगानी गर्छ । निजी व्यवस्थापनमा संचालन हुँदा हाल सरकारीमा पढेका विद्यार्थीका लागि ९ अरबजति खर्चमा भ्याउने रहेछ । यसले के देखाउँछ भने सरकारको लगानी कम उपलब्धिमुलक रहेको र मितव्ययी नभएको स्पष्ट छ । तसर्थ सरकारमाथि नैतिक दबाब र गम्भिर प्रश्न उठ्छ ।

सरकारले गुठीमा जाउ भन्ने आधार के छ ?
निजी लगानी र व्यवस्थापनमा संचालित संस्थागत विद्यालयको आफ्नै संघर्षका कथा छन् । संस्थागत विद्यालय, राजनितिक संघसंस्थासँगको लडाई, सरकारसँगको लडाई, समाजसँगको लडाई, शिक्षक कर्मचारीसँगको लडाई र आर्थिक अभावको लडाई छिचोल्दै बल्ल अलि आरामको सास फर्दे छन् । फेरि सरकारले अर्को अताङ्कको सिर्जना गरेको छ । यसको जति निन्दा र भत्र्सना गरे पनि पुग्दैन । सिर्जनात्मकता, निरन्तरता, नयाँपन, जोश, जाँगर, उत्साह, सम्भावना कठोर परिश्रम, विकास, आर्कषण, खुसी सहितका विद्यालय नै निजी विद्यालयको विशेषता हुन् । सन्तुष्टि खुसी, प्रेम, सम्मान आदर सहितको विद्यालय नै निजीको आर्कषण हुन् । यी कुरा सरकारी र सामुदायीकले दिनै सक्दैन । सयौँ अप्ठ्यारामा बीचमा पनि राम्रो र गुणस्तरीय शिक्षा दिन सक्नु निजी विद्यालयको अर्को आर्कषण हो । देशमा शैक्षिक क्रान्ति सम्भव तुल्याउन महत्वपूर्ण भूमिका निर्वाह गरिरहेको निजी विद्यालयप्रति सरकारको यो प्रहारमा के नैतिकता छ ? न्याय छ ? कारण छ ? यदि छ भने द्वेष छ, बदला छ, डाहा छ, छट्पट्टी छ र दोषी चस्मा छ । तसर्थ, सरकार वास्तवमै सरकार जस्तो हुन सकेन भन्ने तथ्य घाम जतिकै छर्लङ्ग छ ।

विकल्प के ?
हामीले एक युग बिताएर बनाएको नाम, दाम, काम र माम सबै कुरा सरकारको एउटा निर्णयमै गोहीले निले झैं स्वात्तै निल्ने ? नामेट पारिदिने ? यस्तो कदापि हुन सक्दैन । निजी सम्पति सार्वजनिक बनाउन लगानीकर्तालाई कुनै मूल्य फिर्ता दिनु नपर्ने ? जनताको सम्पत्ति, व्यापार, व्यवसााय विना मुआब्जा ख्वाप्पै खाने ? यो कहाँको न्याय हो ? सरकार, गम्भिर हुनुपर्छ । समाजवाद के हो हामीले पनि पढेका छौँ । पूँजीवादबाट समाजवादमा जाने विधि बलको प्रयोग मात्रै होइन । बलपूर्वक समाज व्यवस्था, राज्य व्यवस्था बदल्ने यो सयौं वर्ष अगाडिको सिद्घान्त जस्ताको तस्तै लागू गर्न सम्भव छैन । हामी पनि समाजवादी व्यवस्था चाहन्छौं तर समाजवादमा पर्दापन गर्ने विधि प्रकृया मत्स्य न्याय हुन सक्दैन । ज.द अर्थात जंगली दफा लागू गर्न मिल्दैन । संस्थागत विद्यालयलाई विस्थापन गर्ने भए विद्यालयको प्रोत्साहन मूल्याङ्कन सहितको मुआब्जा दिई सरकारिकरण गर्न, हिम्मत गर्न सक्नुपर्छ । स्वेच्छाले सामुदायीकरण गर्न चाहने र सार्वजनिकरण गर्न चाहनेलाई पनि कुनै दबाव विना गर्न दिने व्यवस्था गर्न सकिन्छ । यी बाहेक उक्त विद्यालयमा पढ्ने विद्यार्थी र कर्मचारीको व्यवस्थापन गर्ने उपयुक्त विधि सहितको विस्तृत योजना ल्याएर चित्त बुझाउन सक्नुपर्छ । होइन भने संसदको निर्णयको नाममा, सरकारको निर्णयको नाममा कसैको सम्पति खोस्ने, रोजीरोटी खोस्ने कानुन स्विकार्य हुन सक्दैन। संसदमा राजनीतिक दलका प्रतिनिधि हुन्छन्, हाम्रा प्रतिनिधि हुँदैनन् । निजी विद्यालय संचालकले राजनीति गरेनन्, आफूलाई जीवनभर शिक्षामा समर्पण गरेको हुन् । तसर्थ, सरोकारवालासँग सल्लाह नगरी जवरजस्त निर्णय थोपर्ने किसिमले आएको शिक्षा ऐन तत्काल संसोधन गर्न जरुरी छ ।

योगदानको कदर खोई ?
विद्यालय संचालकले कमाएको देख्ने, सुट टाई, कोट लगाएको देख्ने दोषी चस्मा लगाउने एक जमात समाजमा सक्रिय छन् । योसँगै जीवनको उर्जाशील समय, श्रम, मिहिनेत, तनाव, दबाबको लगानी गरी नेपालको शिक्षा क्षेत्रमा ल्याएको क्रान्तिकारी छलाङ्ग र परिवर्तनलाई पनि देख्न सकेको भए सायद न्याय हुन्थ्यो । विद्यालय संचालकहरुले पूरा जीवन लगाएर कमाएको पैसाले गाडी चढेको, विद्यालय बनाएको, एउटा आँखाले देख्न सक्छ भने अर्को आँखाले देशको शैक्षिक गुणस्तर धानेको पनि देख्न सक्नुपथ्र्यो । आफ्नै पैतृक सम्पति बेचेर भर्भराउँदो उमेर लगानीे गरेर राज्यको लागि गरिएको कुर्वानीको लागि पुरस्कृत गर्नुको सट्टा त्यसको अवमूल्यन गरी गाली र अपमानित गर्न खोज्नु सरकारको दुरासाय हो । एसईई २०१९ परीक्षाको रिजल्ट कै कुरा गर्ने हो भने सरकारी स्कूलबाट एसईई दिएका ३२५३३० मध्ये जम्मा २७९२ अर्थात ०.८% ले मात्र ३.६० देखि ४ न्एब् ल्याउन सके । तर उता निजी विद्यालयबाट सहभागी भएका १३३९४५ मध्ये १४,७८८ जना अर्थात ११% विद्यार्थीले ३.६ देखि ४ जीपिए ल्याए । यस्तै अनुपात २०७९ सालको एसइईमा पनि कायम नै छ । सरकारी लगानीमा खोलिएका विद्यालय र निजी लगानीमा खोलिएका विद्यालयकोे तुलना गर्दा निजी विद्यालय अब्बल, सबल र स्र्माट छ भन्ने धेरै आयमले देखाउँछन् । सरकारले यद्यपि कहिल्यै, प्रोत्साहन, स्यावासी, प्रेरणा सम्म दिएको अवस्था छैन । निजी विद्यालय संचालकले कलम बोकेका हुन् । बन्दुक बोकेका होइन । हिंसा मचाएको होइन । शान्तिपूर्ण शैक्षिक क्रान्ति मात्र गरेका हुन् । त्यसको बदलामा निजी विद्यालयको सम्पति सार्वजनिकरण गर्नुपर्ने ? गुठीमा लगेर सरकारलाई दिनुपर्ने ? राजनीति गरेर भ्रष्टचार गरेका पैसाले खोलिएका स्कूल होइन । पौरखले, बुद्घिले, मिहिनेतले कमाएको सम्पति हो । बौद्घिक सम्पति र पैतृक सम्पतिको लगानी गरी जोगाएको कमाई हो । विना मुआब्जा सरकारीकरण मिल्छ ? के यो न्यायसंगत छ ?

थप ख़बर

भोट कसलाई- एमाले, काँग्रेस, माओवादी, नेमकिपा, राप्रपा, नेकपा (एस) वा अरुलाई नै ?

भक्तपुर टाइम्स

सरकारी स्कूलको शैक्षिक प्रदर्शनीमा बोर्डिङका विद्यार्थीको आकर्षण

भक्तपुर टाइम्स

शैक्षिक गुणस्तर अभिवृद्धिका लागि भक्तपुर घाेषणापत्र जारी

भक्तपुर टाइम्स

This website uses cookies to improve your experience. We'll assume you're ok with this, but you can opt-out if you wish. Accept Read More

Privacy & Cookies Policy