BHAKTAPUR TIMES -Bhaktapur’s Leading News Portal
चाँगुनारायण नगरपालिका राजनीति राष्ट्रिय समाचार शिक्षा समाचार

जयराम बासुकलाको स्मृति सभामा स्नातकोत्तर उत्तीर्णलाई सम्मान

भक्तपुर । तत्कालिन ताथली गाविसका अध्यक्ष जयराम बासुकलाको १९ औं स्मृति सभा भोलि गरिने भएको छ । नेपाल मजदुर किसान पार्टीका इमान्दार कार्यकर्ताको छविका साथै शिक्षासेवी र समाजसेवीको छवि बनाउन सफल उनको १९ औं स्मृति सभा भोलि ताथलीको फैढोकामा गरिने भएको हो ।

सो कार्यक्रम उनको स्मृतिमा स्थापित जयराम स्मृति अक्षय कोष समितिले गर्न लागेको हो । आयोजक समितिले यो वर्ष ताथलीका स्नातकोत्तर तह उत्तीर्ण विद्यार्थीलाई सम्मान गर्ने कार्यक्रम तय गरेको जनाएको छ । स्मृति कार्यक्रममा नेपाल मजदुर किसान पार्टीका अध्यक्ष नारायणमान बिजुक्छेंको प्रमुख आतिथ्यता रहने छ ।

वि.सं.२००९ साल असार ३ गते ताथली वडा नं. ७ को सौडोलमा जन्मिएका उनको मृत्यु वि.सं.२०६२ साउन २४ गते भएको थियो ।
उनी २०३९ र २०४३ सालमा ताथली गाउँ पञ्चायतको प्रधानपञ्च, २०४९ र २०५४ मा ताथली गाविसको अध्यक्षमा निर्वाचित भएका थिए । उनी २०४९ सालमा जिल्ला विकास समिति भक्तपुरको इलाका सदस्यमा निर्वाचित समेत भएका थिए । यसका साथै २०५२ सालमा राष्ट्रिय सभामा उम्मेवार समेत बनेका थिए ।

उदाहरणीय राजनीतिक कार्यकर्ता, शिक्षा प्रचारक र स्वच्छ छविको व्यक्तिको रुपमा रहेका उनले ताथलीको विकासको लागि अविष्मरणीय योगदान दिएका थिए । उनी २०२२ सालमा नेपाल मजदुर किसान पार्टीका बुद्धिकुमार गोसाइँ र हरिभक्त लवजूको माध्यमबाट पार्टी संगठनमा लागेका थिए ।

पार्टी गतिविधि र संगठनका सक्रिय भई विभिन्न राजनीतिक र सामाजिक क्रियाकलापमा अघि बढिरहँदा उनी २०३२ साल र २०४५ सालमा जेलमा समेत परेका थिए ।

‘ताथलीका अभिभावक’, भक्तपुरको ‘पूर्वी भेगका कमाण्डर’का रुपमा स्वीकार्य उनी ‘जनताको आँखामा राख्दा समेत नबिझाउने’ गुणका थिए । उनको सम्झनामा कोषले प्रत्येक वर्ष विभिन्न कार्यक्रम सञ्चालन गर्दै आइरहेको छ ।

थप ख़बर

भक्तपुरमा कर्ण ह्योजकोू हत्यापछि. . .

भक्तपुर टाइम्स

चाँगुनारायणमा ‘गेम चेन्जर’ योजना सञ्चालन हुने

भक्तपुर टाइम्स

मध्यपुर थिमिमा काँग्रेसकै अग्रता, पछ्याउँदै एमाले

भक्तपुर टाइम्स

This website uses cookies to improve your experience. We'll assume you're ok with this, but you can opt-out if you wish. Accept Read More

Privacy & Cookies Policy