BHAKTAPUR TIMES -Bhaktapur’s Leading News Portal
भक्तपुर नगरपालिका शिक्षा समाचार

अक्सफोर्ड स्कूलमा समर क्याम्प : दर्जन बढी सीप सिकाइने

भक्तपुर । भक्तपुरको अक्सफोर्ड प्राक्टिकल स्कुलले समर क्याम्प आयोजना गरेको छ । बिदाको समयको सदुपयोग गर्दै विद्यार्थीलाई विभिन्न सीप प्रदान गर्न भक्तपुरको सल्लाघारीस्थित सो स्कुलले समर क्याम्प आयोजना गरेको जनाएको छ ।
उक्त क्याम्पको उद्घाटन भक्तपुर नगरपालिका वडा न १ का वडा अध्यक्ष श्यामकृष्ण खत्रीले गरेका थिए । सो अवसरमा उनले विद्यार्थीको प्रतिभा उजागर गर्नका लागि विद्यालयले विभिन्न अवसर र वातावरण बनाउनुपर्नेमा जोड दिँदै आफ्नो वडामा रहेको अक्सफोर्ड स्कुलले उक्त काम गरिरहेको बताए।
वडा अध्यक्ष खत्रीले विद्यार्थीको सर्वाङ्गीण विकासका लागि पढाइका साथै विभिन्न अतिरिक्त क्रियाकलापलाई समेत अघि बढाए समय सुहाउँदो शिक्षा प्रदान गर्न सकिनेमा जोड दिए ।
समर क्याम्पलाई सफल बनाउन विद्यालयले १३ सदस्यीय समिति गठन गरेको जनाएको छ । समितिको सल्लाहकारमा विद्यालय व्यवस्थापन समितिका अध्यक्ष राम दुवाल, संयोजकमा प्रिन्सिपल रवि दुवाल, क्याम्पकोअर्डिनेटरमा मनिता नेपाल, क्याम्पका सहजकर्तामा शिव भुजु रहेका छन्।
त्यस्तै क्याम्पको क्वार्टर माष्टरमा प्रविणा दवाल, सन्चार सहजकर्तामा निरन्जन सिलवाल, क्याम्प सुपरभाइजरमा जीवन सुवाल, फोटोग्राफरमा इन्द्र दवाल र ओम द्वान रहेका छन् । क्याम्पमा सहभागी विद्यार्थीहरुलाई जीवनोपयोगी सीपहरु सिकाउने छ । सो सीपले उनीहरुको पढाइका साथै व्यक्तित्व विकासमा समेत प्रभाव पार्ने विद्यालयका प्रिन्सिपल रवि दुवालले बताए।
क्याम्पमा सहभागीहरुलाई पौडी, हाइकिङ, फिल्ड ट्रिप, डोरीका खेलहरु, स्काउटिङ सीप, फेस पेन्टिङ प्रतिभा प्रस्फुटनको अवसर दिइने भएको छ । यसका साथै उनीहरुलाई विभिन्न खेलको प्रशिक्षण, नेतृत्व, व्यक्तित्व विकासका सीप, उदूघोषण प्रशिक्षणका साथै सामाजिकीकरणका लागि सहज हुने सीप समेतको प्रशिक्षण दिइने विद्यालयले जनाएको छ ।
विद्यालयले हिउँदै विदामा पनि विन्टर क्याम्प आयोजना गर्ने गरेको छ । क्याम्पले विद्यार्थीको अध्ययन शैलीको विकास, व्यवहारपरक ज्ञान हासिल गर्न सघाउ पुर्याएकाले विद्यालयले गर्मी बिदाको अवसरमा पनि समर क्याम्प गरेको स्पष्ट पारेको छ ।

थप ख़बर

स्वर्गीय बासुकलाकाे १८ औ स्मृति सभा सम्पन्न

भक्तपुर टाइम्स

पाथीभरा एकेडेमीमा अभिभावक–शिक्षक छ्लफल

भक्तपुर टाइम्स

काभ्रेको बनेपामा भएको बस दुर्घटनामा लोकन्थलीकी बस्नेतको मृत्यु

भक्तपुर टाइम्स

This website uses cookies to improve your experience. We'll assume you're ok with this, but you can opt-out if you wish. Accept Read More

Privacy & Cookies Policy