BHAKTAPUR TIMES -Bhaktapur’s Leading News Portal
भक्तपुर नगरपालिका शिक्षा समाचार

भक्तपुरलाई शैक्षिक हब बनाउने सपना साकार पार्दै वागीश्वरी

भक्तपुर । वागीश्वरी मध्यमिक विद्यालयमा शैक्षिक सत्र २०८०/०८१ का लागि कक्षा ११ मा भर्ना भएका नवआगन्तुक विद्यार्थीहरुलाई आइतबार विद्यालयले एक समारोहबीच स्वागत तथा अभिमुखीकरण कार्यक्रम गरेको छ । विज्ञान, व्यवस्थापन, मानविकी र शिक्षा संकायमा भर्ना भएका विद्यार्थीहरुलाई विद्यार्थी आचरण र विद्यालयको बारेमा जानकारी गराउन उक्त कार्यक्रमको आयोजना गरेको हो ।

कार्यक्रममा भक्तपुर नगरपालिका वडा नं. ९ का वडा अध्यक्ष एवम् वागीश्वरी मावि विद्यालय व्यवस्थापन समितिका अध्यक्ष रविन्द्र ज्याख्वले सामुदायिक शैक्षिक संस्था वागीश्वरीले समाजलाई बुद्धिजीवीकरण गर्न, प्राज्ञिक व्यक्ति तयार गर्न तथा राष्ट्रका विभिन्न क्षेत्रमा योगदान गर्ने व्यक्ति तयार गरिरहेको चर्चा गर्दै भक्तपुरलाई देशकै शैक्षिक हब बनाउने भक्तपुर नगरपालिकाको लक्ष्यलाई वागीश्वरीले साकार पारिरहेको औंल्याए । ७७ वटै जिल्लाका विद्यार्थीहरुले उज्ज्वल भविष्य र उच्च शैक्षिक गन्तब्यका साथै रोजगारीको प्रस्थानविन्दुका रुपमा वागीश्वरीलाई रोजेकोमा उनले खुशी व्यक्त गरे ।

कार्यक्रममा शिक्षक तालिम केन्द्र धुलिखेलका प्रमुख रुद्रहरि भण्डारीले कतिपय विद्यालयमा १० वर्षपछि फर्केर आउँदा न साइनबोर्ड हु्न्छ, न नाम नै हुन्छ । तर स्थानीय जनता, शिक्षक र पूर्व विद्यार्थीहरुको सहयोगी हातबाट बनेको वागीश्वरीले नमूना क्रियाकलाप गरेकै कारण बागमती प्रदेशभित्र छनोट भएका २० विद्यालयमध्ये उत्कृष्ट नमूना विद्यालयमा छनोटमा परेको बताए । उनले नयाँ जोश, जाँगर र उमंगका साथ आएका विद्यार्थीहरुले त्यसलाई कायम गर्न सही व्यवस्थापन गर्नुपर्नेमा जोड दिए । उनले शिक्षाबाट व्यवहारमा सकारात्मक परिवर्तन ल्याउन नसके शैक्षिक उपलब्धी नहुने जिकिर गरे । जग दह्रो छैन भने जुनसुकै बेला ढल्ने बताउँदै उनले चौतर्फी विकासका लागि विद्यार्थीहरु मेहनती, लगनशील र इमान्दार हुनुपर्ने बताए ।

वागीश्वरी मावि कक्षा ११÷१२ का संयोजक ज्ञानसागर प्रजापतिले डलरका लागि विदेशी दास हुनेहरु जिउँदो लास मात्रै भएको बताउँदै आफ्नो पढाइलाई स्वदेशमै सदुपयोग गर्न जोड दिए । उनले वागीश्वरीले देशका लागि आवश्यक असल र संस्कारी नागरिक तयार गरिरहेको स्पष्ट पार्दै उच्च जीपीएसँगै संस्कारको उच्चता पनि आवश्यक रहेको औंल्याए । वागीश्वरीको इतिहासबारे जानकारी गराउँदै उनले नमूना वागीश्वरी बनाउन सबैको योगदान रहेको स्मरण गरे ।

कार्यक्रममा वागीश्वरी कलेजका प्राचार्य धनकुमार श्रेष्ठले उच्च शिक्षा अ्रध्ययन गर्नेका लागि वागीश्वरीले विभिन्न शीर्षकका छत्रवृत्तिको व्यवस्था गरेको बताउँर्दै उहाँले त्यसलाई प्राप्त गर्न विद्यार्थीहरुले मेहनत गर्नुपर्ने बताए भने सहायक प्रधानाध्यापक कृष्णप्रसाद कर्माचार्यले विद्यार्थी आचार संहितालाई विद्यार्थीहरुले पूर्ण रुपमा पालना गर्नुपर्नेमा जोड दिए ।

विद्यालयका प्रधानाध्यापक कृष्णप्रसाद धन्छाको सभापतित्वमा भएको उक्त कार्यक्रममा सहायक प्र.अ. उकेश सुवाल, प्लसटु व्यवस्थापन संकायका इन्चार्ज ग्याहेन्द्र प्रसाद दाहाललगायतले नवआगन्तुक विद्यार्थीहरुलाई अभिमुखीकरण गरेको थियो । कार्यक्रमको बीचबीचमा विद्यार्थीहरुबाट गीत प्रस्तुती भएको थियो । कक्षा ११ को कक्षा सोमबारदेखि नियमित रुपमा सञ्चालन हुने विद्यालयले जानकारी दिएको छ ।

थप ख़बर

बालकोटमा शुभबिहानी पोलिक्लिनिक सुरु, निकट समयमै अस्पताल बन्ने

भक्तपुर टाइम्स

भक्तपुरको गोसाइँकुण्ड : रत्नचुडेश्वर महादेव

भक्तपुर टाइम्स

बालिकालाई जबरजस्ती गरेकाे आराेपमा सुडालबाट श्रेष्ठ पक्राउ

भक्तपुर टाइम्स

This website uses cookies to improve your experience. We'll assume you're ok with this, but you can opt-out if you wish. Accept Read More

Privacy & Cookies Policy