BHAKTAPUR TIMES -Bhaktapur’s Leading News Portal
चाँगुनारायण नगरपालिका शिक्षा समाचार

क्वालिटीमा पढाउनेले पढाैंसँगै हस्तलेखन प्रशिक्षण

भक्तपुर । भक्तपुरको क्वालिटी ईङ्गलिस सेकेन्डरी स्कूलले पढाउनेले पढाैंसँगै हस्तलेखन प्रशिक्षण गरेकाे छ । पढाउने पेशामा आवद्ध शिक्षकहरूमा पठन संस्कृतिकाे विकास गर्न तथा उनीहरूको हस्तलेखन सीपलाई परिस्कृत गर्न विद्यालयले दुई कार्यक्रम सम्पन्न गरेकाे हाे ।
चाँगुनारायण नगरपालिका वडा नं ६ नगरकोट फेदीमा रहेकाे साे स्कूलले आफ्नो २५ औं स्थापना दिवसका अवसरमा शिक्षककाे क्षमता अभिवृद्धिका लागि उक्त कार्यक्रम गरेको जनाएको छ । साेही अवसरमा स्कूलले याे वर्ष अभिभावक, विद्यार्थी र शिक्षक केन्द्रित गतिविधिहरु संचालन गर्दै आएकाे छ ।
शिक्षकको प्रभावकारी शिक्षणका लागि विद्यालयमा कार्यरत शिक्षकहरूका लागि शुक्रबार सम्पन्न ‘पढाउनलाई पढ़ौं र हस्तलेखन प्रशिक्षण´मा साहित्यकार तथा अभियन्ता हरिहर तिमिल्सिना तथा सिलाई समूहका अभियन्ता सुदर्शन घिमिरेफे सहजीकरण गरेका थिए ।
उनीहरूले सिकाई कार्य वैज्ञानिक र प्रभावकारी हुनका लागी शिक्षक अध्ययनशील हुनुपर्नेमा जाेड दिए । सहजकर्ताद्वय तिमिल्सिना र घिमिरेले किताब रहित शिक्षा आजको आवश्यकता वन्दै गएको समयमा यस्ता कार्यले सिकाई कार्यमा शिक्षक विद्यार्थी दुवैलाई सहज हुने भएकाले उक्त कार्यक्रमलाई निरन्तरता दिन समेत सुझाव दिएका थिए ।
विद्यालयका ३४ जना शिक्षकहरूकाे सहभागितामा सम्पन्न कार्यक्रम लेखकसँग अन्तरक्रिया गरिएको थियोे । विद्यालयका प्रिन्सिपल जीवी विद्यालयकाे २५ औं स्थापना दिवस‌का अवसरमा विविध २५ कार्यक्रम सम्पन्न गर्ने योजना रहेको बताए ।

थप ख़बर

कमसेकम खाएको सपथ याद गर्नुस् : सांसद बस्नेत

भक्तपुर टाइम्स

भक्तपुरमा यी हुन्, मेयरका दाबेदार

भक्तपुर टाइम्स

सरकारी स्कूलको शैक्षिक प्रदर्शनीमा बोर्डिङका विद्यार्थीको आकर्षण

भक्तपुर टाइम्स

This website uses cookies to improve your experience. We'll assume you're ok with this, but you can opt-out if you wish. Accept Read More

Privacy & Cookies Policy