BHAKTAPUR TIMES -Bhaktapur’s Leading News Portal
समाचार समाज सुर्यविनायक नगरपालिका

जब सिपाडोलका ज्येष्ठ नागरिक ७२ घन्टा हराए . . .

भक्तपुर । ‘केही समय अगाडि हाम्रो जेष्ठ नागरिक बुबा ७२ घण्टा हराउनु भयो । तर उहाँसँग फोन रहेनछ । फोन भएमा हामीलाई खोज्न सजिलो हुने थियो,’ सूर्यविनायक नगरपालिकाको वडा नम्बर ८ का वडा अध्यक्ष पुष्पराज बस्नेतले केही समय अघिको घटना सम्झिए ।

त्यो घटनासँगै उनले योजना बनाए, ज्येष्ठ नागरिकहरुलाई मोबाइल सेट वितरण गर्ने । त्यसपछि उनले नेपाल टेलिकमसँग समन्वय गरी उक्त योजना कार्यान्वयनको काम अघि बढाए ।

सोही योजना अनुसार सो वडा भित्रका ७५ वर्षभन्दा माथिका जेष्ठ नागरिकलाई मोबाइल फोनको सेट र नेपाल टेलिकमको सिम निःशुल्क वितरण गरेको उनले जनाए । त्यसका लागि वडाले एक लाख ४७ हजार रुपैयाँ बजेट बजेट बिनियोजन गरिएको थियो ।

वडा कार्यालयले एक कार्यक्रमको आयोजना गरी मोबाइल सेट र सिम वितरण गर्दा ज्येष्ठ नागरिकहरुमा खुसी छाएको थियो । विनियोजित बजेटमध्ये एक लाख ४० हजार रुपैयाँ खर्च भएको र बाँकी ७ हजार जेष्ठ नागरिकको खातामा जम्मा गरिएको उनको भनाइ छ ।

मोबाइल वितरणपछि उनले आगामी दिनमा सो समस्या नदोहोरिने समेत बताए । फोनको प्रयोग भएसँगै जेष्ठ नागरिकलाई दैनिक जीवनयापन गर्नको लागि सहज हुने बताउँदै सो फोनलाई विभिन्न तवरले प्रयोग समेत गर्न सकिने बताए ।

उनले भने, ‘फोन भएपछि छोराछोरीसँग, इष्टमित्रसँग कुरा गर्न पाइयो, समाचार सुन्न पाइयो, ज्येष्ठ नागरिकलाई मनपर्ने गीतसंगीत र भजन सुन्न पाइयो, त्यसले ज्येष्ठ नागरिकहरु एक्लो नहुने भए ।’

थप ख़बर

अभिभावक दिवसमा विद्यार्थीको नाटक !

भक्तपुर टाइम्स

विद्यालयको १५ औं वार्षिकोत्सवमा शिक्षकलाई सम्मान : विद्यार्थीलाई पुरस्कार

भक्तपुर टाइम्स

चाँगुनारायणका शिक्षकलाई डिजिटल शिक्षणसम्बन्धी तालिम

भक्तपुर टाइम्स

This website uses cookies to improve your experience. We'll assume you're ok with this, but you can opt-out if you wish. Accept Read More

Privacy & Cookies Policy