BHAKTAPUR TIMES -Bhaktapur’s Leading News Portal
घटना चाँगुनारायण नगरपालिका समाचार समाज

नगरकोटलाई पर्यटकीय हब बनाउन चारवटै नगरपालिका सहमत : बास्केट फण्ड खडा गर्ने निर्णय

भक्तपुर । पर्यटकीय क्षेत्रको रुपमा परिचित नगरकोट क्षेत्रलाई पर्यटकीय हब बनाउनका लागि सो क्षेत्र जोडिएका चारवटै नगरपालिकाका प्रमुखहरु सहमत भएका छन् ।

वृहत् नगरकोट क्षेत्र बनाउँदै पर्यटन मार्फत् समृद्धि ल्याउनका लागि सो क्षेत्रसँग जोडिएको चाँगुनारायण नगरपालिका, मण्डनदेउपुर नगरपालिका, बनेपा र शंखरापुर नगरपालिकाका चारजनै नगरप्रमुखहरुले सहमति जनाएका हुन् ।

एकीकृत नगरकोट पर्यटन विकास समितिको बैठकमा सहभागी नगरप्रमुख, पर्यटन व्यवसायी तथा नगरकोटसँग जोडिएका भक्तपुर, काभ्रे र काठमाडौंका वडाहरुका वडा अध्यक्षसहितको संयुक्त बैठकले नगरकोट क्षेत्रलाई पर्यटनको केन्द्र र गन्तव्य बनाउन सकिने उल्लेख गर्दै सो क्षेत्रमा देखिएका व्यवहारिक र कानूनी समस्यालाई समाधान गर्नुपर्नेमा जोड दिए । त्यसका लागि उनीहरुले नगरकोट क्षेत्रको सिमांकन गरी नगरकोटको वास्तविक क्षेत्र निर्धारण गर्नुपर्ने सुझाव दिएका थिए ।

पर्यटनसम्बन्धी छलफलसँगै बैठकले एक समिति पनि गठन गरेको छ । समितिमा नगरकोट नाल्दुम पर्यटन विकास समिति, चाँगुनारायण, मण्डन देउपुर, बनेपा र शंखरापुरका प्रमुख र उपप्रमुखहरु सदस्य रहेका छन् भने अध्यक्षमा मण्डनदेउपुर नगरपालिकाका अध्यक्ष टोकबहादुर बाइवा चुनिएका छन् ।

समितिले वृहत् नगरकोट पर्यटन क्षेत्र विस्तारका लागि संघीय, प्रदेश सरकारसँग बजेट माग गर्ने निर्णय गरेको छ । त्यस्तै बैठकले नगरकोट क्षेत्रको नापी गराएर नगरकोटको क्षेत्र निर्धारण गर्ने, भक्तपुर र काभ्रेको सिमाना, वडा नं. ९ र ८ सँग जोडिएको खावाको नालापानी गढी हुँदै नगरकोट र शंखरापुरसम्मको सिमाना छुट्याएर सो क्षेत्रको एकीकृत रुपले वृहत नगरकोट पर्यटन क्षेत्रका रुपमा विस्तार गर्ने भएको छ ।

बैठकमा काठमाडौं, भक्तपुर र काभ्रेका नापी कार्यालयका प्रतिनीधिहरुको पनि सहभागिता रहेको चाँगुनारायण नगर प्रवक्ता जनक खत्रीले बताए । उनले समितिको बैठकले एक महिनाभित्र सो क्षेत्रको नापी नक्साको काम सम्पन्न गरिसक्ने समेत निर्णय गरेको छ ।
वृहत् नगरकोट पर्यटन क्षेत्रलाई दीगो रुपमा सञ्चालनका लागि डिपिआर तयार गर्ने निर्णय सहित सम्पन्न उक्त बैठकले डिपिआर बनाउनका लागि चारवटै नगरपालिकाले प्रति नगरपालिका १० लाख रुपैयाँ बजेट विनियोजन गरी कूल ४० लाखको बीउ पूँजी बनाउने पनि उनले जनाए ।

सो कामले चाँगुनारायण नगरपालिकाले वि.सं. २०८२ मा गर्न लागेको नगरकोट पर्यटन महोत्सवलाई थप टेवा पुग्ने अपेक्षा गरिएको छ ।

थप ख़बर

एमालेको भोट काट्न नेकपा (एस)ले भक्तपुरका चारै नगरमा उम्मेद्वारी दिने

भक्तपुर टाइम्स

घरेलु उद्योगको ‘मन्त्र’ बाँड्दै ८५ वर्षे प्रजापति

भक्तपुर टाइम्स

ताथलीको इँटा उद्योगमा बेलायती सांसद

भक्तपुर टाइम्स

This website uses cookies to improve your experience. We'll assume you're ok with this, but you can opt-out if you wish. Accept Read More

Privacy & Cookies Policy