भक्तपुर । भक्तपुरकाे छालिङस्थित मत्स्यनारायण मन्दिरमा ‘मत्स्यनारायण मेला सुरु भएको छ। तीन वर्षको अन्तरालमा पर्ने पुरूषोत्तम महिना (मलमास) मा मत्स्यनारायणको मेला लाग्ने गर्दछ।
साेही अवसरमा चाँगुनारायण नगरपालिका वडा नं ५ छालिङकाे गाेकुल गाउँमा रहेकाे मन्दिरमा एक महिने मेला लागेकाे स्थानीयले बताए । स्थानीयका अनुसार साे मन्दिरको पूजा गर्न आउने धर्मावलम्बीकाे संख्या बढ्दाे छ ।
यो महिनालाई अधिक मास महिना पनि भन्ने गरिन्छ । एक महिनामा दुईवटा औँसी पर्यो भने उक्त महिनालाई पुरूषोत्तम (मलमास,अधिक) मास भन्ने धार्मिक तथा शास्त्रीय मान्यता रहिआएको छ।
नगरपालिकाकै एकमात्र मन्दिरको रूपमा रहेकाे मच्छेनारायण मन्दिरमा लागेकाे मेलालाई व्यवस्थित गर्न स्थानीयले विशेष पहल गरेकाे स्थानीय गाेकर्ण पुरीले बताए । उनले लामाे समयदेखि ओझेलमा परेकाे उक्त मन्दिरको धार्मिक, ऐतिहासिक महत्त्वबारे प्रचारप्रसार जरूरी रहेकाे जनाए ।
मलमास अवधिभर सो मन्दिरमा नारायणको पूजा/पुरुषोत्तम महात्म्य वाचन गर्ने परम्परा छ । भगवान् नारायणको पूजा आराधना गर्नाले सम्पूर्ण पाप नष्ट हुन्छन् भन्ने धार्मिक विश्वाससमेत रहेको छ ।
प्राचीन समयकाे मानिने उक्त मन्दिर र साे मन्दिरमा लाग्ने मेलाकाे बारेमा थप अध्ययन जरूरी रहेकाे स्थानीयले बताए ।
previous post
भक्तपुर टाइम्स
Bhaktapur Times Pvt. Ltd.
Bhaktapur’s Leading News Portal
Bhaktapur Times Dot Com
24/7 News From Bhaktapur
#BHAKTAPUNEWS
सञ्चार रजिस्ट्रारकाे कार्यालय, बागमती
दर्ता नंः ०००९६ /२०७८/०७९
चाँगुनारायण नगरपालिका,ताथली ,भक्तपुर
+977-9841566556
bhaktapurtimes@gmail.com
info@bhaktapurtimes.com
विज्ञापनका लागि
+977-9841566556