BHAKTAPUR TIMES -Bhaktapur’s Leading News Portal
चाँगुनारायण नगरपालिका समाचार समाज

चाँगुनारायणमा विद्युतीय गाडी सञ्चालनको तयारी : सुडालदेखि चाँगुसम्म परीक्षण

भक्तपुर । यातायातको सहज पहुँच नभएको चाँगुनारायण नगरपालिकामा विद्युतीय गाडीको परीक्षण गरिएको छ ।
आम नगरबासीलाई यातायातको सहज पहुँच पुर्याउनका लागि नगरपालिकाले विद्युतीय गाडी सञ्चालन गर्ने नीति बनाएसँगै त्यसको परीक्षण गरिएको छ ।

परीक्षणको क्रममा नगरपालिकाका नगरप्रमुख जीवन खत्री, उपप्रमुख रमेश बुढाथोकी, प्रमुख प्रशासकीय अधिकृत चुरामणि पौडेललगायत कर्मचारी तथा मेयर उद्यमशीलता कार्यक्रममा टोलीले विद्युतीय यातायात परीक्षण गरे । सो क्रममा नगरप्रमुख जीवन खत्री, उपप्रमुख रमेश बुढाथोकी, प्रमुख प्रशासकीय अधिकृत चुरामणि पौडेलले नगरपालिका कार्यालय खरिपाटीमा राखिएको गाडी चढी फोटो खिचाए भने बाँकी टोली सो गाडीमा चढी यात्रा गरेका थिए ।

टोलीले चाँगुनारायण नगरपालिकाको खरिपाटी, बागेश्वरी, सयभङ्गाल, जीतपुर, थाकलमाथ, चरेली, अधिकारी गाउँ, मुहानपोखरी, तेलकोट, छालिङको मच्छेनारायण मन्दिर हुँदै चाँगु सडक र चाँगुसडक हुँदै भक्तपुरको देकोचा र कमलविनायक सडक हुँदै नगरपालिका कार्यालय परिसरसम्मको परीक्षण यात्रा गरेका थिए ।

परीक्षणका लागि ल्याइएको उक्त सवारी थाकलमाथकाृ उकालो उक्लिन थोरै मुश्किल भएको थियो । गाडी चालक तथा गाडीका प्राविधिकले उक्त गाडीमा राखिएको ब्याट्री पूर्ण रुपमा चार्ज नहुँदा उकालो उक्लिन केही कठिन भएको जानकारी दिए ।

गाडीमा यात्राका लागि चाँगुनारायण नगरपालिका वडा नंं ८ को कार्यालयबाट चढेका वडा अध्यक्ष एवम् नगर प्रवक्ता जनक खत्रीले सो गाडीको विशेषता, टिकाउ दरबारे जिज्ञासा राख्दै नगरबासीसमक्ष यातायातको पहुँच पुर्याउन विद्य्तीय सवारीको अवधारणा अघि ल्याइएको र त्यसको प्रयोगका लागि परीक्षण गरिएको बताए ।

मेयर उद्यमशीलता कार्यक्रम अन्तर्गत स्वच्छ वातावरण निर्माणमा सहयोग पुर्याउनका लागि विद्युतीय सवार्ी सञ्चालन भएसँगै भौगोलिक विकटता र यातायात व्यवसायीको सिन्डिकेटले गर्दा सार्वजनिक यातायातको पहुँचभन्दा बाहिर रहेका नगरबासीलाई राहत हुने नगरपालिकाको अपेक्षा छ ।

यातायातको पहुँच बढाउनका लागि पालिकाले केही समय अघि अटो रिक्सा परीक्षण गरिएको थियो ।

थप ख़बर

सरकारको कारण हामीले ख्वप विश्वविद्यालय सञ्चालनमा ल्याउन सकेनौं: मेयर प्रजापति

भक्तपुर टाइम्स

पिखेलको दीप सरस्वती स्कुल : जहिल्यै शत्प्रतिशत नतिजा ल्याउने स्कुल

भक्तपुर टाइम्स

नेमकिपादेखि रुष्ट लाछिमस्यूको राजनीतिक यात्रा : पहिले अखिल, माओवादी र माले अहिले एमाले !

भक्तपुर टाइम्स

This website uses cookies to improve your experience. We'll assume you're ok with this, but you can opt-out if you wish. Accept Read More

Privacy & Cookies Policy