BHAKTAPUR TIMES -Bhaktapur’s Leading News Portal
भक्तपुर नगरपालिका राष्ट्रिय समाचार शिक्षा समाचार

भक्तपुरमा सरकारीभन्दा निजि विद्यालय ‘उत्कृष्ट’

भक्तपुर । भक्तपुर नगरपालिकामा सरकारी स्कुलभन्दा निजि विद्यालय अब्बल सावित भएका छन् । माध्यमिक शिक्षा परीक्षा २०७९ को नतिजाले भक्तपुर नगरपालिमा रहेका ५९ वटा विद्यालयहरुको एसईई विश्लेषणले सो तथ्य बाहिर आएको हो ।

भक्तपुर नगरपालिकाका विद्यालयहरुले एसईईमा हासिल गरेको जिपिएको आधारमा शिक्षा शाखाले प्रकाशन गरेको तथ्यांकले सरकारीका तुलनामा निजि उत्कृष्ट देखिएको छ ।

तथ्यांकले कूल विद्यालयहरुमध्ये पहिलो नम्बरमा सरकारी स्कुल अन्तर्गत मेधा माध्यमिक विद्यालय रहे पनि दोस्रोदेखि २२ औं क्रमसम्म निजि विद्यालयले नै अग्रता लिएको देखिएको छ ।

२३ औं स्थानमा भने श्रीपद्म मावि भक्तपुर(सिभिल इन्जिनियरिङ) परेको छ । २४ औं क्रमदेखि ४० क्रमसम्म पनि निजि नै रहेको छ । ४१ औं क्रममा बागीश्वरी मावि परेको छ ।

अन्य सरकारी विद्यालयहरुको क्रममा ४६ औं स्थानमा गणेश मावि भार्वाचो, ४७ औं स्थानमा तारा मावि, ४८ औं स्थानमा श्री पद्म मावि(नियमित), ५१ औं स्थानमा सरस्वती विद्यागृह मावि, ५२ औं स्थानमा विद्यार्थी निकेतन मावि र ५३ औं स्थानमा शारदा मावि परेका छन् ।

विद्यालयहरुले पाएको जिपिए अनुसार ५४ औं स्थानमा आदर्श आजाद मावि, ५५औं स्थानमा बासु मावि, ५६ औं स्थानमा समाजसुधार मावि, ५७ औं स्थानमा शान्ति निकेतन मावि, ५८ औं स्थानमा बागीश्वरी मािव(खुला) र ५९ औं स्थानमा जागृति मावि परेका छन् ।

सरकारीतर्फ उत्कृष्ट नतिजा ल्याउन सफल मेधा माविको समग्र जिपिए ३.७१ रहेको छ भने निजितर्फ उत्कृष्ट हुन सफल लनर्स एकेडेमीको ३.५४, सैनिक आवासिय महाविद्यालय र द राइजिङ इंग्लिस सेकेण्डरी स्कुलको ३.५२, राजर्षि गुरुकूलको ३.४८ र र इष्ट पोइन्ट एकेडेमीको ३.४८ रहेको नगरपालिकाले सार्वजनिक गरेको तथ्यांकमा उल्लेख छ ।

यस्तो छ विवरण 

 

थप ख़बर

गाेठ पसी खसी फुकाउँदै गरेका एक व्यक्ति पक्राउ

भक्तपुर टाइम्स

बडा दशैंमा नेवार समुदायकाे माेहनी सिन्ह: मान्यता र प्रचलन

भक्तपुर टाइम्स

निर्वाचनमा भूमिका खेलेका सुरक्षा निकायका प्रमुखलाई प्रशंसापत्र

भक्तपुर टाइम्स

This website uses cookies to improve your experience. We'll assume you're ok with this, but you can opt-out if you wish. Accept Read More

Privacy & Cookies Policy