BHAKTAPUR TIMES -Bhaktapur’s Leading News Portal
जनप्रतिनिधिसँग मेराे भन्नू राष्ट्रिय समाचार समाचार समाज सुर्यविनायक नगरपालिका

सूर्यविनायकको ५ नं. वडा र ६ नं.का वडाध्यक्षलाई प्रश्न : किन सुन्दैनौ जनताको आवाज ?

चुनदेवीबाट घलाँते जाने महिन्द्रगल्लीमा फुटेको ढल बनाइदिन भौतिक विकासमन्त्री नारायणकाजी श्रेष्ठको ध्यानाकर्षण गराएपछि ढल त बन्यो। तर, यहाँको बाटो भने बनेन । सूर्यविनायक नपा ५ र ६ को बीचमा पर्ने यो बाटो मेलम्ची खानेपानीले खण्डखण्ड पिच गरेर मान्छे हिँड्नै गाह्रो पर्ने बनाइदिएको छ भने एक खण्ड ६ नं.वडाले ढलान गर्ने जिम्मा लिए पनि हालसम्म आँखा चिम्लेर बसेको छ ।

स्मरणीय छ, यस नगरपालिकाको ५ नं. वडामा एमाले र ६ नं. मा कांग्रेसका वडाध्यक्ष छन् । उनीहरू दुवैले बर्खाभरि हिलो र हिउँदभरि धुलो खुवाएर सर्वसाधारणलाई हैरान बनाएका छन् । पहुँच भएका वा खर्च गर्ने व्यक्ति भएमा एउटै घरमा पनि बाटो पुगेको छ, ढलान भएको छ । तर, सार्वजनिक बाटो बनाउन भने कसैले चासो दिएको छैन । यहाँ पहुँच भएका एकदुईवटा रिसोर्ट जाने बाटो वडाले ढलान गरिदियो । तर, १०\१२ घरबीचमा पर्ने दिनहुँ सयौं मानिस हिँड्ने र गाडी आवतजावत गर्ने बाटो भने आजसम्म ढलान भएन। अहिले त पानीले बाटोभरि चिरा परेकाले गाडी गुड्नसमेत नसक्ने अवस्था छ । कतिपय गाडीसमेत जोतिएर मान्छेले धकेल्नुपर्ने अवस्था छ । तर, जति समाचार निस्के पनि, जति यस्ता टिप्पणी प्रकाशित भए पनि यी ५ र ६ नं. का वडाध्यक्षहरूले
सुन्दैसुन्दैनन्, किन? के यिनलाई जनता नचाहिने हो?

  • रत्ननिधि रेग्मी र स्थानीय जनता, चुनदेवी, महेन्द्रगल्ली, भक्तपुर ।
    नयाँ पत्रिकामा प्रकाशित पाठक पत्रबाट साभार ।

थप ख़बर

नेपालको पहिलो ठूलो घण्टभित्र कोरिए अनेक कुरा

भक्तपुर टाइम्स

गणित सिकाइ परीक्षणमा श्रीकृष्ण मावि प्रथम, महेन्द्रग्राम दाेस्राे र सरस्वती मावि तृतीय

भक्तपुर टाइम्स

जग्गा प्लटिङबारे जनप्रतिनीधिले जानकारी राख्नुपर्ने: सांसद सुवाल

भक्तपुर टाइम्स

This website uses cookies to improve your experience. We'll assume you're ok with this, but you can opt-out if you wish. Accept Read More

Privacy & Cookies Policy