BHAKTAPUR TIMES -Bhaktapur’s Leading News Portal
चाँगुनारायण नगरपालिका समाचार समाज स्वास्थ्य

क्षयरोगमुक्त बन्दै चाँगुनारायण : लुकाइएका क्षयरोगीका कारण चुनौती

भक्तपुुर। भक्तपुरको चाँगुनारायण नगरपालिकालाई क्षयरोगमुक्त पालिका बनाइने भएको छ । पालिकालाई क्षयरोगमुक्त पालिका घोषणा गर्नका लागि पालिकाले क्षयरोग नियन्त्रण सम्बन्धी विभन्नि अभियानलाई तीब्रता दिएको छ । गत आर्थिक वर्षबाटै अभियान थालनी गरेको पालिकाले यस अन्तरगत वडास्तरमा खकार परीक्षण गरेको छ ।

नगरपालिकाले पालिकालाई आर्थिक वर्ष २०८३ सम्ममा क्षयरोगमुक्त घोषणा गर्ने लक्ष्य राखेको नगरपालिकाको स्वास्थ्य शाखाले जनाएको छ ।  त्यसका लागि नगरपालिकाले ‘हो, हामी क्षयरोग अन्त्य गर्छौं’ भन्ने नारा तय गरेको छ ।

शाखाले यसका लागि वडा र टोलस्तरीय कार्यक्रमक सञ्चालन गरिरहेको जनाउँदै स्वास्थ्य शाखा प्रमुख सत्यकुमार दुवालले अभियानसँगै क्षयरोगका बिरामीहरु पत्ता लाग्ने क्रम सुरु भएको बताए । उनले भने, ‘यो अभियानसँगै क्षयरोगी पत्ता लागन सुरु भएका छन्, तर तिनका परिवारले नै बिरामी लुकाइरहेका छन्,, त्यसले गर्दा क्षयरोगीको उपचार हुन सकेको छैन ।’

उनले अहिले पनि क्षयरोगबारे विभिन्न भ्रम र अन्धविश्वास कायम रहेको र क्षयरोगी र उनको परिवारप्रति समाजको हुन सक्ने भेदभाव र लान्छनाका कारण क्षयरोगीहरु सोचे अनुसार खुल्न नसकेको बताए ।

उनले नगरपालिकाको वडा नं ८ र ९ वडामा गरिएको स्वास्थ्य परीक्षणबाट क्षयरोगी पत्ता लागे पनि बिरामीका आफन्त नै बिरामीलाई औषधि सेवन गराउन नमान्ने गरेको अवस्थाले क्षयरोगमुक्त पालिका बनाउन चुनौति थपिएको बताउँछन् । उनका अनुसार खुलेका क्षयरोगीको पोषणमा सहयोग पुर्याउन नगरपालिकाले तिनीहरुलाई पोषणस्वरुप नगद र विभिन्न खाद्य सामग्री प्रदान गरी सहयोग गरिरहेको छ ।

उनले ती दुई वडाका दिर्घरोगी र गर्भवती महिलाको स्वास्थ्य परीक्षणमा ३० जनामा क्षयरोग सङ्क्रमण देखिएको बताउँदै नगरमा अत्यधिकरुपमा क्षयरोगी लुकेर बसेको आशङ्का व्यक्त गरे। उनले क्षयरोग निवारणका लागि समाजमा लुकेर बसेको भन्दा पनि लुकाइएका क्षयरोगीका कारण थप चुनौती बन्दै गएको बताए।

भक्तपुरका प्रमुख कृष्णबहादुर मिजारले जिल्लामा पत्ता लागेका सबै प्रकारका क्षयरोगीको सङ्ख्या छ सय ५८ रहेको जानकारी दिए। यसमध्ये फोक्सोमा क्षयरोग भएका बिरामीको सङ्ख्या ५७ दशमलव दुई प्रतिशत र फोक्सोबाहेक अन्य भागमा क्षयरोग भएका बिरामीको सङ्ख्या ४२ दशमलव आठ प्रतिशत रहेको उनले बताए।

उनले क्षयरोग मुक्त चाँगुनारायण घोषणाका लागि क्षयरोगमुक्त अभियान स्वयंसेवकलाई तालिम, क्षयरोग प्रभावित व्यक्ति तथा समुदायको सहभागितामूलक योजना, अनुगमन तथा मूल्याङ्कन प्रणालीको स्थापना, समुदायमा क्षयरोग स्क्रिनिङ क्याम्प सञ्चालन, क्षयरोग मुक्त अभियान स्वयंसेवकलाई परिचालन गरी समुदायमा रहेका जोखिम समूहका बस्तीका घरदैलोमा गई स्क्रिनिङ कार्य गरी रोग पत्ता लगाउने कार्यमा सहयोग, खकार सङ्कलन तथा ढुवानी वा सम्भावित बिरामी प्रेषणलगायतका गतिविधि सञ्चालन भइरहेको जानकारी दिए।

थप ख़बर

भ्रष्टाचारकाे बाटाेमा नजान मन्त्री नबनेको हाे: सांसद सुवाल

भक्तपुर टाइम्स

भक्तपुरका ठेकेदारले धम्काएर खाली चेकमा हस्ताक्षर गराएकाे आराेप

भक्तपुर टाइम्स

नेवारहरुमा टीकामा दक्षिणा वा पैसा दिने चलनै छैन : संस्कृतिविद्

भक्तपुर टाइम्स

This website uses cookies to improve your experience. We'll assume you're ok with this, but you can opt-out if you wish. Accept Read More

Privacy & Cookies Policy