BHAKTAPUR TIMES -Bhaktapur’s Leading News Portal
भक्तपुर राजनीति राष्ट्रिय समाचार समाचार

भक्तपुरका दुर्लभ थापालाई मन्त्री बनाउन देउवासँग माग

भक्तपुर । नेपाली काँग्रेस भक्तपुर जिल्ला सम्मेलनकाे दाैरानमा संघीय सांसद दुर्लभ थापालाई मन्त्री बनाउन माग गरिएकाे छ । जिल्ला सम्मेलनकाे उद्घाटनका क्रममा सहभागी नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवालाई भक्तपुर क्षेत्र नं २ का सांसद थापालाई मन्त्री बनाउन माग गरेका हुन् ।
सम्मेलनको सफलताको शुभकामना व्यक्त गर्न पाेडियममा उभिएका जयन्द्र खड्का, सुरेन्द्र श्रेष्ठ र जीवन खत्रीलगायतले सांसद थापालाई मन्त्री बनाउन माइकबाटै अनुराेध गरे । ती तीन जनाकाे उक्त मागमा सहभागी काँग्रेस कार्यकर्ताले समर्थन गरि तालीसहित हुटिङ गरेका थिए ।
सुरूमा नेपाली काँग्रेस बागमती प्रदेशका संयाेजकका साथै चाँगुनारायण नगरपालिका वडा नं ५ छालिङका वडा अध्यक्ष जयन्द्र खड्काले चुनावअघिकाे सभामा काँग्रेस सभापति देउवाले थापालाई मन्त्री बनाउने आश्वासन दिएकाे स्मरण गराउँदै भक्तपुरको विकासका लागि र काँग्रेसलाई भक्तपुरको पहिलो पार्टी बनाउनका लागि समेत थापालाई मन्त्री बनाउन जरूरी रहेकाे बताए ।
उनले साे बताउँदा मञ्चकाे मध्य भागमा बसिरहेका प्रमुख अतिथि देउवा भने मुसुमुसु हाँसेका थिए । कार्यक्रमकै अवसरमा चाँगुनारायण नगरपालिकाका नगर प्रमुख जीवन खत्री र मध्यपुर थिमिका नगर प्रमुख सुरेन्द्र श्रेष्ठले पनि पूर्ववक्ता खड्काकै धारणालाई समर्थन गरेका थिए ।
उनीहरूले सांसद थापाकै नेतृत्वमा स्थानीय, प्रदेश र संघीय निर्वाचनमा काँग्रेसलाई पहिलो बनाएकाेले पनि उनलाई संघीय सांसद बनाउनु पर्ने धारणा राखेका थिए ।

थप ख़बर

जिल्लाव्यापी फुटसल प्रतियोगितामा आठ स्कुल क्वाटर फाइनल प्रवेश

भक्तपुर टाइम्स

चैत २३ गतेदेखि भक्तपुरमा सातौं भक्तपुर औद्योगिक, साँस्कृतिक, तथा व्यापार महोत्सव

भक्तपुर टाइम्स

पत्रकारलाई हैन, नेतालाई हुन्छ भ्रम छर्ने छुट : महेश बस्नेत

भक्तपुर टाइम्स

This website uses cookies to improve your experience. We'll assume you're ok with this, but you can opt-out if you wish. Accept Read More

Privacy & Cookies Policy