भक्तपुर । बलात्कार गरेको आरोपमा प्रहरीले बालकोटका एक व्यक्तिलाई शुक्रबार पक्राउ गरेको छ । पक्राउ पर्नेमा तेह्रथुम ताम्फुला–२ घर भई हाल भक्तपुरको सूर्यविनायक नगरपालिका ३ बालकोट बस्ने बर्ष ३१ को सुनिल बिश्वकर्मा रहेका प्रहरीले पुष्टि गरेको छ ।
उनले ११ वर्षीया बालिकामाथि पटकपटक बलात्कार गरेको प्रारम्भिक अनुसन्धानबाट खुलेको भक्तपुर जिल्ला प्रहरी कार्यालयका एसपी प्रजित केसीले जानकारी दिए ।
उनकाअनुसार आरोपित विश्वकर्माले बालिकामाथि २०७९ चैत २९ गतेदेखि जेठ १९ गतेसम्ममा पटकपटक बलात्कार गरेको खुलेको छ । विश्वकर्मालाई ललितपुर महानगरपालिका लगनखेल बटुकभैरब अगाडिको पार्कबाट नियन्त्रणमा लिएको जनाए ।
सूर्यविनायक नगरपालिका ३ बालकोटस्थित कसुरदारको कोठामा जेठ १९ गते अन्दाजी साढे ५ बजेको समयमा जवरजस्ती करणी गरी फरार रहेको निवेदनको आधारमा उनलाई पक्राउ गरिएको प्रहरीको ठहर छ ।