BHAKTAPUR TIMES -Bhaktapur’s Leading News Portal
भक्तपुर राष्ट्रिय समाचार समाचार समाज

फुटपाथमै बसेर ‘ए, केरा आयो, केरा !’

भक्तपुर । बुधबार साँझ, भक्तपुरको लान्चाफल्चा(भत्क्यापाटी)सँगैको चोक । पाटीको दक्षिण पश्चिमको सडक । त्यही सडकको उत्तरतिर बटुवा हिँड्नका लागि बनाइएको फुटपाथ । त्यी फुटपाथ ढाकेर बसेका छन्, व्यापारीहरु ।

तरकारीदेखि फलफूलसम्म फुटपाथमै फिजाइएको छ । एक व्यक्ति सोही फुटपाथको छेउबाट हिँड्न खोज्छ, ठाउँ पाउँदैन । फुटपाथकै आडमा मोटरसाइकलहरु पार्किङ गरिरहेका छन् । त्यो व्यक्ति फुटपाथमै राखिएका तरकारी र फलफूल छलेर हिँड्न खोज्छ ।

त्यसरी हिँडेका बटुवालाई व्यापारीले सोध्छ, ‘ए, सामान राखिराखेको देख्नुहुन्न ?’ त्यो बटुवा विना जवाफ खुरुखुरु जान्छ ।
फुटपाथमै केरा, आँप फिजाएर बसिरहेका एक व्यापारी ठूलो ठूलो श्वरले भनिरहेको छ, ‘ए केरा आयो, केरा, सस्तो, सस्तोमा केरा’ ।

यो दृष्य भक्तपुर नगरको पूर्वी भेगको देखिए पनि पछिल्लो समयमा भक्तपुरका सबैतिर यस्तै समस्या देखिन थालेको छ । चोक तथा बटुवा हिँड्ने फुटपाथ कब्जा गरी सामान बेच्ने प्रचलन बढेको छ ।

भक्तपुरका अधिकांश क्षेत्रमा यो समस्या देखिन थालेको स्थानीयको गुनासो छ । त्यसले गर्दा सडक दुर्घटना समेत बढ्न थालेको स्थानीय प्रत्यक्षदर्शीहरु बताउँछन् ।

यो पनि हेर्नुस् : https://www.bhaktapurtimes.com/2023/06/31811/

‘खै, कहाँबाट आउँछन्, आउँछन्, हिजो अर्कै मान्छे हुन्छ, आज अर्कै मान्छे छ, भोलि अर्कै मान्छे हुन्छन्, सडकमै समान राख्छन्, बेच्छन्’, एक स्थानीयले भने ।

उनले स्थानीय तहले सो विषयमा ध्यान नदिँदा फुटपाथ कब्जा गरी व्यापार गर्ने क्रम बढेको आरोप समेत लगाए ।
यो दृष्य जनसंख्या बढी भएका र सहरोन्मुख क्षेत्रमा बढी देखिन थालेको छ ।

थप ख़बर

दत्तात्रयमा दर्शनार्थीकाे रमिता

भक्तपुर टाइम्स

मध्यपुर थिमिमा छैटौं उपत्यकाव्यापी धिमे बाजा प्रतियोगिता हुने

भक्तपुर टाइम्स

प्ले ग्रुपका छात्रलाई ब्लड क्यान्सर : विद्यालयद्वारा ५० हजार सहयोग

भक्तपुर टाइम्स

This website uses cookies to improve your experience. We'll assume you're ok with this, but you can opt-out if you wish. Accept Read More

Privacy & Cookies Policy