भक्तपुर । चाँगुनारायण नगरपालिकाका १२० गर्भवती महिलाको अल्ट्रासोनोग्राम गरिएको छ । नगरपालिका भए पनि अस्पतालसम्मको पहुँच नपुगेका गर्भवती महिलाहरुलाई लक्षित गरी नगरपालिकाले वडा गत रुपमा गर्भ जाँच शिविर गरेको थियो ।
सो शिविरबाट १२० बढी गर्भवती महिलाहरु लाभान्वित भएको स्वास्थ्य शाखा प्रमुख सत्यकुमार दुवालले बताए ।
उनले नगरका विभिन्न वडामा रहेका गर्भवती महिलाहरुमा गर्भवती भएको बेलामा नियमित रुपमा स्वास्थ्य जाँच गर्नुपर्ने सन्देश दिन र गर्भवती महिलाहरुको स्वास्थ्य स्थितिबारे थाहा दिन वडागत रुपमा शिविर सञ्चालन गरेको बताए ।
त्यसका लागि स्वास्थ्य शाखाले वडागत रुपमा रहेका स्वास्थ्य चौकी र महिला स्वास्थ्य स्वयम्सेविकाको सहयोग लिएको थियो ।
सहभागी गर्भवती महिलाहरुलाई आइरसन, फोलिक एसिड र क्याल्सियम समेत निःश शुल्क दिइएको सो शिविरले खतरापूर्ण गर्भ पहिचान गरी आमा र गर्भको स्वास्थ्य रक्षा गर्न सहयोग पुगेको स्वास्थ्य शाखा प्रमुख दुवालको भनाइ छ ।