BHAKTAPUR TIMES -Bhaktapur’s Leading News Portal
राजनीति राष्ट्रिय समाचार समाचार सुर्यविनायक नगरपालिका

संसदमा सांसद थापाको आवाज : भक्तपुरको विकासलाई प्राथमिकता

भक्तपुर। बागमती प्रदेश सभाका सांसद किरण थापाले प्रदेश सभामा भक्तपुरका जनताको विकासको आवाजलाई सम्बोधन गर्न संसदमा आवाज उठाएका छन् ।

नेकपा एमालेकातर्फबाट वागमती प्रदेशसभा सदस्यमा निर्वाचित थापाले आर्थिक वर्ष २०८०/८१ का लागि बजेटमा भक्तपुरको विकासका विभिन्न विषयलाई प्राथमिकता दिनका लागि आवाज उठाएका हुन् ।

वागमती प्रदेश सभामा प्रस्तुत विनियोजित बजेटमाथि टिप्पणी गर्दै उनले भक्तपुरबासीले उपभोग गर्दै आइरहेको खानेपानीदेखि सडकसम्म, प्राणी उद्यानदेखि औद्योगिक विकाससम्मलाई प्राथमिकतामा राख्न माग गरे ।

‘नेपालमा वर्षेणी करोडौका फूलहरु भारतबाट निर्यात भइरहेको छ, भक्तपुरकै गुण्डु र ताथलीमा बार्षिक तीन करोड भन्दा बढीको मखमली र सयपत्रीको फूल उत्पादन हुने गरेको छ । यस्ता नगदेबालीमा प्रदेश सरकारले ध्यान दिने हो भने हामी आत्मनिर्भर हुन सक्ने थियौं,’ उनले भने, ‘भक्तपुर औद्योगिक क्षेत्रले जोखिम बढाइरहेको छ । साँघुरो ठाउँमा औधोगिक क्षेत्र रहनु र त्यहाँको बस्ती बिकास बढ्दै जानुले कुनै दिन दुर्घटनाको निम्त्याउन सक्ने खतरा रहेको अनुमान गरेका छौँ । यसैले भक्तपुर औधोगिक क्षेत्रलाई त्यहाँबाट स्थानान्तरण गर्दै सूर्यविनायक वा चाँगुनारायण क्षेत्रमा लगेर पूर्वाधारको निर्माण प्रदेश सरकारले व्यबस्थापन गरेका अबश्य पनि उद्योगीहरुको मनोबल बढ्ने र उद्योगको बिकासमा प्राथमिकता मिल्ने विश्वास लिएको छु।’

 

थप ख़बर

भक्तपुर र गाेदावरी फाइनलमा

भक्तपुर टाइम्स

भक्तपुरमा रासायनिक मल वितरण : कृषकलाई केही राहत

भक्तपुर टाइम्स

बाथरोग के हाे? कसरी बच्ने?

भक्तपुर टाइम्स

This website uses cookies to improve your experience. We'll assume you're ok with this, but you can opt-out if you wish. Accept Read More

Privacy & Cookies Policy